र भन्नुभयो, “मैले तिमीहरूसँग हुँदा भनेका कुराहरू अब पूरा हुन आएका छन्। ‘मेरो बारेमा मोशाको व्यवस्था, अगमवक्ताका पुस्तकहरू र भजनसंग्रहमा लेखिएका सबै कुरा पूरा हुनुपर्दछ’ भनेर मैले तिमीहरूलाई भनेको थिएँ!” त्यसपछि उहाँले तिनीहरूलाई धर्मशास्त्रमा लेखिएका कुराहरू बुझ्ने शक्ति दिनुभयो र भन्नुभयो, “धर्मशास्त्रमा यसरी लेखिएको छ– मुक्ति दिने ख्रीष्टले दु:ख भोगेर तेस्रो दिनमा फेरि मरेकोबाट बिउँतनेछ। ख्रीष्टको नाममा आफ्नो पापलाई मानिलिएर पाप गर्न छोड्यो भने पापको क्षमा पाइन्छ भन्ने कुरा सबैतिर प्रचार गरिनुपर्छ। यो कुरा यरूशलेमबाट सुरु गरेर सबै जातिका मानिसहरूलाई सुनाउनुपर्छ। तिमीहरू नै यी सबै कुराका साक्षी हौ। तर सुन, मेरा पिताले गर्नुभएको प्रतिज्ञा म तिमीहरूकहाँ पठाउनेछु। तर तिमीहरू माथिबाट आउने त्यो शक्तिले नभरिएसम्म यही सहरमा नै पर्खेर बसिरहो।” त्यसपछि येशूले चेलाहरूलाई सहरबाट बेथानिया गाउँतिर लैजानुभयो, त्यहाँ पुगेर उहाँले आफ्ना हात उठाएर तिनीहरूलाई आशीर्वाद दिनुभयो। आशीर्वाद दिइरहँदा उहाँ तिनीहरूबाट छुट्टिनुभयो र स्वर्गमा लगिनुभयो। तिनीहरूले उहाँलाई दण्डवत् गरे अनि अति खुसी हुँदै यरूशलेम सहरतिर फर्के। तिनीहरू सधैँ मन्दिरमा भेला हुन्थे र परमेश्वरलाई स्तुति चढाउँथे।
लूका 24 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 24:44-53
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू