येशूका आमाबुबा निस्तार चाडको निम्ति वर्षेनी यरूशलेम जाने गर्दथे। उहाँ बाह्र वर्षको हुनुभएपछि, उहाँहरू चाडको रीतिअनुसार जानुभयो। चाड सकिएपछि उहाँका आमाबुबा घर फर्कंदैगर्दा, बालक येशू यरूशलेममै रहनुभयो, तर उहाँका आमाबुबाले यो थाहा पाएनन्। उहाँ तिनीहरूकै यात्रीदलमा हुनुहुन्छ होला भन्ने ठानी, तिनीहरू एक दिनभरिको बाटो गए। तब तिनीहरूले उहाँलाई आफ्ना नातेदारहरू र मित्रहरूका बीचमा खोज्न थाले। उहाँलाई त्यहाँ नभेट्टाउँदा, तिनीहरू उहाँलाई खोज्न यरूशलेम नै फर्के। तीन दिनपछि तिनीहरूले उहाँलाई मन्दिरको चोकमा शिक्षकहरूसँग बसेर तिनीहरूका कुरा सुन्दै र तिनीहरूलाई प्रश्न गर्दैरहनुभएको भेट्टाए। उहाँका कुरा सुन्नेहरू सबैजना उहाँको समझ र उत्तरहरूमा छक्क परेका थिए। जब उहाँका आमाबुबा उहाँलाई देखेर चकित भए; तब उहाँकी आमाले उहाँलाई भनिन्, “छोरा, तिमीले हामीलाई किन यस्तो व्यवहार गर्यौ? तिम्रा बुबा र म चिन्तित भएर तिमीलाई खोजिरहेका थियौं।” उहाँले भन्नुभयो, “तपाईंहरूले मलाई किन खोज्नुभएको? म मेरा पिताको घरमा हुनुपर्छ भनी के तपाईंहरूलाई थाहा थिएन?”
लूका 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 2:41-49
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू