YouVersion लोगो
खोज आइकन

लूका 2:41-49

लूका 2:41-49 NNRV

उहाँका आमा-बुबा निस्‍तारचाड़मा प्रतिवर्ष यरूशलेम जाने गर्थे। जब येशू बाह्र वर्षका हुनुभयो, तब उहाँहरू चाड़को रीतिअनुसार यरूशलेममा जानुभयो। चाड़का दिन सिद्धिएपछि तिनीहरू फर्कंदा बालक येशू यरूशलेममै रहनुभयो। योचाहिँ उहाँका आमा-बुबाले थाहा पाएनन्‌। उहाँ यात्रीहरूको दलमा हुनुहुन्‍छ भनी ठानेर तिनीहरू एक दिनको बाटो गए। उहाँलाई तिनीहरूले नातेदार र चिनाजानाहरूका बीचमा खोजे, तर नभेट्टाउँदा तिनीहरू उहाँलाई खोज्‍दै फेरि यरूशलेममा फर्के। तीन दिनपछि तिनीहरूले उहाँलाई मन्‍दिरमा शिक्षकहरूका बीचमा बसेर तिनीहरूका कुरा सुन्‍दै तिनीहरूलाई प्रश्‍न गरिरहनुभएको भेट्टाए। सुन्‍नेहरू सबै उहाँको समझ-शक्ति र उहाँका उत्तरहरूमा छक्‍क पर्दथे। उहाँलाई देखेर उहाँका आमा-बुबा चकित भए, र उहाँकी आमाले भनिन्, “छोरो, तिमीले हामीलाई यो के गरेको? हेर, तिम्रा बुबा र म हैरान भएर तिमीलाई खोजिरहेका थियौं।” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तपाईंहरूले मलाई किन खोज्‍नुभएको? के म आफ्‍ना पिताको घरमा हुनुपर्छ भन्‍ने तपाईंहरूलाई थाहा थिएन?”