YouVersion लोगो
खोज आइकन

लूका 2:1-12

लूका 2:1-12 NCV

ती दिनहरूमा रोमी सम्राट सिजर अगस्टसले उनको साम्राज्यमा हरेक जनाको जनगणना गरियोस् भन्‍ने हुकुम जारी गरे। (कुरेनियस सिरिया राज्यका राज्यपाल हुँदा, यो पहिलो जनगणना भएको थियो।) अनि नाउँ दर्ता गर्न सबै आ-आफ्ना शहरमा गए। यसरी योसेफ पनि गालील प्रदेशको नासरत शहरबाट यहूदिया प्रदेशमा, दाविदको शहर बेथलेहेम गए, किनकि उनी दाविदकै घराना र वंशका थिए। उनी आफ्नो नाउँ दर्ता गर्न मरियमसँगै गए, जसको मगनी उनीसँग भएको थियो, र तिनी गर्भवती थिइन्। तिनीहरू त्यहाँ रहेकै बेला, बालक जन्मने बेला भयो, र तिनले आफ्नो जेठो छोरो जन्माइन्। तिनले बालकलाई लुगाले बेह्रेर एउटा डुँडमा राखिन्, किनकि तिनीहरूका निम्ति त्यहाँ पौवामा ठाउँ थिएन। अनि त्यहाँ नजिकैको चउरमा राती आफ्नो बगालको रखवाली गर्दै बस्‍ने केही गोठालाहरू थिए। त्यस बेला प्रभुका एक स्वर्गदूत तिनीहरूकहाँ देखा परे, अनि प्रभुको ज्योति तिनीहरूका चारैतिर चम्कियो; र तिनीहरू डराए। तर स्वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनकि म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूको निम्ति हुनेछ। आज दाविदको शहर बेथलेहेममा तिमीहरूका निम्ति एकजना मुक्‍तिदाताको जन्म भएको छ, उहाँ नै ख्रीष्‍ट प्रभु हुनुहुन्छ। अनि तिमीहरूका निम्ति यो एउटा चिन्ह हुनेछ: तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेर डुँडमा सुतिरहेको भेट्टाउनेछौ।”

लूका 2 पढ्नुहोस्

लूका 2:1-12 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति