ती दिनमा कैसर अगस्टसले तिनको सारा साम्राज्यमा जनगणना लिनू भन्ने हुकुम जारी गरे। कुरेनियस सिरियाका हाकिम हुँदा यो पहिलो पल्टको जनगणना थियो। सबै जना नाउँ दर्ता गराउन आफ्नो-आफ्नो सहर गए। योसेफ पनि गालीलको नासरतबाट यहूदियाको बेथलेहेम भन्ने दाऊदको सहरमा गए, किनभने तिनी दाऊदका कुटुम्ब र वंशका थिए। नाउँ दर्ता गराउन तिनी आफूसँग मगनी भएकी मरियमलाई साथमा लिएर गए। मरियम गर्भवती थिइन्। तिनीहरू त्यहाँ भएकै बेला मरियमको बालक जन्माउने बेला आयो। तिनले आफ्नो जेठो छोरो जन्माइन् र उहाँलाई लुगाले बेह्रेर डूँड़मा राखिन्, किनकि तिनीहरूका निम्ति पौवामा ठाउँ थिएन। त्यही इलाकामा गोठालाहरू थिए, जसले चउरमा बसेर राती आफ्नो बगालको रखवाली गर्थे। प्रभुका एक जना स्वर्गदूत तिनीहरूकहाँ देखा परे, र प्रभुको तेज तिनीहरूका वरिपरि चम्क्यो, अनि तिनीहरू साह्रै डराए। तब स्वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनभने हेर, म तिमीहरूलाई बड़ो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्ति हुनेछ। आज दाऊदको सहरमा तिमीहरूका निम्ति एक जना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ। तिमीहरूलाई चिन्हचाहिँ यो हुन्छ: तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेको र डूँड़मा सुताइराखेको भेट्टाउनेछौ।”
लूका 2 पढ्नुहोस्
सुन्नुहोस् लूका 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 2:1-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू