येशूले बोल्ने क्रम जारी राख्नुभयो: “कुनै मानिसका दुई छोराहरू थिए। कान्छोले आफ्ना बुबालाई भन्यो, ‘बुबा, मेरो भागमा पर्ने अंश मलाई दिनुहोस्।’ तब तिनले आफ्नो सम्पत्ति तिनीहरूलाई बाँडिदिए। “धेरै दिन नबित्दै कान्छो छोरा आफूसँग भएको सबै धनसम्पत्ति बटुलेर टाढा देशमा गयो। त्यहाँ त्यसले आफ्नो सम्पत्ति भोग-विलासमा उडायो। त्यसले सबै खर्च गरिसकेपछि त्यस देशभरि ठूलो अनिकाल पर्यो, र त्यसलाई अभाव हुन थाल्यो। यसकारण त्यो गएर त्यस देशका एक जना नागरिककहाँ काम माग्यो। त्यस मानिसले उसलाई सुँगुरहरू चराउन आफ्नो खेतमा पठायो। त्यसले सुँगुरहरूले खाने चारोहरूले आफ्नो पेट भर्न चाहन्थ्यो, तर कसैले पनि त्यसलाई केही दिँदैनथ्यो। “त्यसको आफ्नो चेत खुलेपछि त्यसले भन्यो, ‘मेरा बुबाका कति धेरै ज्यालादारी सेवकहरूले पेटभरि खाएर उबार्छन् पनि, तर म यहाँ भोकले मर्दैछु! अब म मेरा बुबाकहाँ फर्केर जानेछु, र उहाँलाई भन्नेछु: बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको विरुद्धमा पाप गरेको छु। म अब तपाईंको छोरा भनिने योग्यको छैनँ; मलाई तपाईंका ज्यालादारी सेवकहरूमध्ये एउटासरह बनाउनुहोस्!’ अनि त्यो उठेर आफ्नो बुबाकहाँ गयो। “तर ऊ धेरै टाढामै थियो, तब त्यसका बुबाले त्यसलाई आइरहेको देखेर तिनी त्यसप्रति दयाले भरिए; तब तिनी आफ्नो छोराकहाँ दगुर्दै गई त्यसलाई अँगालो हालेर चुम्बन गरे। “तब छोराले बुबालाई भन्यो, ‘बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको विरुद्धमा पाप गरेको छु। म अब तपाईंको छोरा भनिने योग्यको छैनँ।’ “तर बुबाले आफ्ना सेवकहरूलाई भने, ‘छिटो गर! सबैभन्दा असल लुगा ल्याएर यसलाई पहिराइदेओ। यसको हातमा औँठी र खुट्टामा जुत्ता लगाइदेओ। पोसिराखेको मोटो पशु ल्याएर मार। हामी भोज गरौँ, र आनन्द मनाऔँ। किनकि मेरो यो छोरो मरेको थियो, अब फेरि जीवित भएको छ; यो हराएको थियो, र भेट्टाइएको छ।’ अनि तिनीहरूले आनन्द मनाउन थाले। “त्यस बेला तिनको जेठो छोरो खेतबारीमा थियो। ऊ घरको नजिकै आइपुग्दा उसले बाजा र नाचगानको आवाज सुन्यो। त्यसकारण उसले एउटा सेवकलाई बोलाएर ‘के हुँदैछ’ भनी सोध्यो। त्यसले जवाफ दियो, ‘तपाईंको भाइ आउनुभएको छ। अनि तपाईंका बुबाले पालिराखेको मोटो पशु मार्नुभएको छ। किनकि उहाँले तिनलाई सुरक्षित र सकुशल नै पाउनुभएको छ।’ “तब जेठो दाजु रिसाएर भित्र जान मानेन। त्यसकारण त्यसको बुबा बाहिर गएर त्यसलाई फकाउन थाले। तर त्यसले आफ्नो बुबालाई जवाफ दियो, ‘हेर्नुहोस्! यतिका वर्षसम्म मैले तपाईंको सेवा गरिरहेको छु। अनि तपाईंका आज्ञा कहिल्यै उल्लङ्घन गरिनँ; तापनि मैले मेरा साथीहरूसँग आनन्द मनाउन तपाईंले मलाई एउटा पाठोधरि कहिल्यै दिनुभएन। तर जब तपाईंको सम्पत्ति वेश्याहरूसँग उडाउने तपाईंको यो छोरा घर आयो, तब तपाईंले त्यसका निम्ति पोसाइराखेको मोटो पशु नै मार्नुभयो।’ “बुबाले भने, ‘मेरो छोरा, तँ त सधैँ मसँगै छस्। मसँग भएका सबै थोक तेरै हो।
लूका 15 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 15:11-31
7 Days
How can we find the right attitude for every situation? What is the right attitude? This seven-day Bible Plan finds answers in the life and teachings of Christ. Let these daily encouragements, reflective prayers, and powerful Scriptures form in you the mind of Christ.
Taken from his book "AHA," join Kyle Idleman as he discovers the 3 elements that can draw us closer to God and change our lives for good. Are you ready for the God moment that changes everything?
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू