तर तिमीले निम्तो पाएपछि सबैभन्दा तल्लो स्थानमा बस; तब तिम्रो मेजमान आएर तिमीलाई भन्नेछ, ‘ए मित्र, माथि सरेर राम्रो स्थानमा बस्नुहोस्।’ तब तिमीसँग भोजमा बस्नेहरू सबैका अघि तिमीलाई आदर हुनेछ। किनकि आफूलाई उच्च तुल्याउने हरेक नम्र बनाइनेछन् र आफूलाई नम्र बनाउने उच्च पारिनेछन्।” त्यसपछि येशूले उहाँलाई निम्तो दिने व्यक्तिलाई भन्नुभयो, “तिमीले दिवा अथवा रात्री भोज लगाउँदा आफ्ना मित्रहरू, आफ्ना दाजुभाइ अथवा आफन्तहरू, अथवा आफ्ना धनी छिमेकीहरूलाई निम्तो नदेऊ, यदि त्यसो गर्यौ भने तिनीहरूले पनि साटोमा तिमीलाई निम्तो दिन सक्नेछन्, र तिम्रो गुण फर्काइदिनेछन्। तर तिमीले भोज लगाउँदैछौ भने गरिबहरू, लुला, हिँड्न नसक्ने, दृष्टिविहीनहरूलाई निम्तो देऊ, अनि तिमीले आशिष पाउनेछौ। तिनीहरूले तिम्रो गुण फर्काइदिन नसके तापनि धर्मीहरू पुनर्जीवित हुँदा तिमीलाई प्रतिफल मिल्नेछ।”
लूका 14 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 14:10-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू