YouVersion लोगो
खोज आइकन

लूका 14:10-14

लूका 14:10-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तर जब तिमीले निम्‍तो पाउँछौ, गएर तल्‍लो ठाउँमा बस, र मेजमानले आएर तिमीलाई भन्‍नेछ, ‘ए मित्र, माथि गएर बस्‍नोस्‌।’ त्‍यस बेला तिमीसँग खान बस्‍नेहरूका सामुन्‍ने तिम्रो इज्‍जत हुनेछ। किनकि हरेक जसले आफूलाई उच्‍च तुल्‍याउँछ, त्‍यो होच्‍याइनेछ, र आफूलाई होच्‍याउनेचाहिँ उच्‍च पारिनेछ।” अनि उहाँलाई निम्‍तो दिनेलाई पनि उहाँले भन्‍नुभयो, “तिमीले बिहान अथवा बेलुकीको भोज लगाउँदा, आफ्‍ना मित्रहरूलाई, आफ्‍ना दाजुभाइलाई वा तिम्रा कुटुम्‍बहरूलाई वा धनी छिमेकीहरूलाई निम्‍तो नदेऊ, नत्रता तिनीहरूले पनि साटोमा तिमीलाई निम्‍तो दिएर तिम्रो गुण फर्काइदिनेछन्‌। तर तिमीले भोज लगाउँदा, गरीब, लुला, लङ्गड़ा, अन्‍धाहरूलाई बोलाऊ, र तिमीले आशिष्‌ पाउनेछौ, किनकि तिनीहरूले तिम्रो गुण फर्काउन सक्‍दैनन्‌। तर मृत्‍युबाट धर्मीहरूको पुनरुत्‍थान हुँदा तिमीले यसको प्रतिफल पाउनेछौ।”

शेयर गर्नुहोस्
लूका 14 पढ्नुहोस्

लूका 14:10-14 नेपाली समकालीन संस्करण (NCV)

तर तिमीले निम्तो पाएपछि सबैभन्दा तल्‍लो स्थानमा बस; तब तिम्रो मेजमान आएर तिमीलाई भन्‍नेछ, ‘ए मित्र, माथि सरेर राम्रो स्थानमा बस्‍नुहोस्।’ तब तिमीसँग भोजमा बस्‍नेहरू सबैका अघि तिमीलाई आदर हुनेछ। किनकि आफूलाई उच्‍च तुल्याउने हरेक नम्र बनाइनेछन् र आफूलाई नम्र बनाउने उच्‍च पारिनेछन्।” त्यसपछि येशूले उहाँलाई निम्तो दिने व्यक्‍तिलाई भन्‍नुभयो, “तिमीले दिवा अथवा रात्री भोज लगाउँदा आफ्ना मित्रहरू, आफ्ना दाजुभाइ अथवा आफन्तहरू, अथवा आफ्ना धनी छिमेकीहरूलाई निम्तो नदेऊ, यदि त्यसो गर्‍यौ भने तिनीहरूले पनि साटोमा तिमीलाई निम्तो दिन सक्नेछन्, र तिम्रो गुण फर्काइदिनेछन्। तर तिमीले भोज लगाउँदैछौ भने गरिबहरू, लुला, हिँड्न नसक्ने, दृष्‍टिविहीनहरूलाई निम्तो देऊ, अनि तिमीले आशिष पाउनेछौ। तिनीहरूले तिम्रो गुण फर्काइदिन नसके तापनि धर्मीहरू पुनर्जीवित हुँदा तिमीलाई प्रतिफल मिल्नेछ।”

शेयर गर्नुहोस्
लूका 14 पढ्नुहोस्

लूका 14:10-14 पवित्र बाइबल (NERV)

“यसकारण जब कुनै मानिसले तिमीलाई निम्त्याए भने गएर निम्न स्तरीय आसन ओगट। तब त्यो तिमीलाई निम्त्याउने मानिस आएर भन्नेछ, ‘ए मित्र, अतिथिहरूले तिमालाई सम्मान गर्नेछन्।’ किनभने जसले आफैंलाई माथि उठाउँछ त्यो तल झर्नु पर्छ। तर जसले आफैंलाई निम्न स्तरको मान्छ त्यसलाई उच्च तुल्याइनेछ।” त्यसपछि येशूले तिनलाई निम्त्याउने फरिसीहरूलाई भन्नुभयो, “जब कुनै दिन तिमीहरूले बिहान वा बेलुकीको भोजन गराउन इच्छा गर्छौ त्यसबेला केवल आफ्ना साथीहरू, दाज्यू-भाइहरू, आफन्तहरू र धनी छिमेकीहरूलाई मात्र नबोलाउ। बद्लामा तिनीहरूले पनि तिमीहरूलाई खाना खान निम्तो दिन्छन् अनि तिम्रो इनाम पाइहाल्नेछौ। यसको सट्टामा, जब कुनै त्यस्तो भोज गर्छौ, ती गरीब, कुँजो, लङ्गडा र अन्धाहरूलाई बोलाऊ। त्यपछि तिमी धन्य हुनेछौ, किनभने क्षतिपुर्ति गर्न तिनीहरूको केही पनि हुँदैन। तर जब असल मानिस मृत्युबाट बौरी उठ्नेछ त्यसबेला तिमीहरूले इनाम पाउनेछौ।”

शेयर गर्नुहोस्
लूका 14 पढ्नुहोस्

लूका 14:10-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

बरु विवाहमा जाँदा पछिल्‍तिर गएर बस र निम्‍त्‍याउने आएर तिमीलाई ‘भित्र आउनुहोस्, माथि पाल्‍नुहोस्’ भनेर मुख्‍य ठाउँमा बसाउला। त्‍यस बेला सबैको सामुन्‍ने तिम्रो ठूलो इज्‍जत हुनेछ किनभने आफैं ठूलो हुन खोज्‍नेहरू सबै होच्‍याइनेछन् र आफूलाई होच्‍याउनेहरूचाहिँ ठूलो बनाइनेछन्।” येशूले आफूलाई निम्‍त्‍याउने अगुवालाई भन्‍नुभयो, “भोज लाउँदा तिमीले खालि आफन्‍त, दाजुभाइ, इष्‍टमित्र अनि धनी छरछिमेकीहरूलाई मात्र ननिम्‍त्‍याऊ। तिनीहरूले पैंचो तिर्न तिमीलाई पनि बोलाइहाल्‍छन्। बरु भोज लाउँदा गरीब, लुला-लङ्गडा र अन्‍धाहरूलाई निम्‍त्‍याऊ। तब तिमी धन्‍य हुनेछौ किनभने तिमीलाई पैंचो तिर्ने तिनीहरूसँग केही पनि हुँदैन। तर परमेश्‍वरको आज्ञा सामु ठीक हुने मानिसहरू मरेकोबाट बिउँतदा परमेश्‍वरले नै तिमीलाई इनाम दिनुहुनेछ।”

शेयर गर्नुहोस्
लूका 14 पढ्नुहोस्