YouVersion लोगो
खोज आइकन

लूका 13:6-8

लूका 13:6-8 NCV

त्यसपछि उहाँले यो दृष्‍टान्त भन्‍नुभयो: “कुनै एकजना मानिसको उसको आफ्नै दाखबारीमा रोपेको एउटा अञ्जीरको रूख थियो। त्यस बोटमा फल छ कि भनी त्यो हेर्न आयो, तर त्यहाँ एउटै पनि फल भेट्टाएन। यसकारण त्यसले दाखबारीको हेरचाह गर्ने मालीलाई भन्यो, ‘अब तीन वर्ष भइसक्यो, म यो अञ्जीरको रूखमा फल खोज्न आइरहेको छु, तर एउटै पनि पाएको छैन। यसलाई काटेर ढालिदेऊ! यसले किन यो जमिन ओगट्ने?’ “तब मालीले जवाफ दियो, ‘मालिक, यसलाई अझै एक वर्ष रहन दिनुहोस्। म यसको वरपर खन्‍नेछु र मल हाल्नेछु।

लूका 13 पढ्नुहोस्