लूका 13:6-8
लूका 13:6-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसपछि उहाँले यो दृष्टान्त भन्नुभयो: “कुनै मानिसले आफ्नो दाखबारीमा एउटा अञ्जीरको बोट रोपेको थियो। त्यस बोटमा फल फल्यो कि भनेर त्यो आयो, तब त्यसले मालीलाई भन्यो, ‘तीन वर्ष भयो, म यस अञ्जीरको रूखमा फल खोज्दैछु, तर पाउँदिनँ। यसलाई काटेर ढालिदे, यसले जमिन किन ओगट्ने?’ “तर मालीले भन्यो, ‘हजूर, यसलाई अझै एक वर्ष रहन दिनुहोस्। म यसको वरिपरि खनेर मल हाल्छु
लूका 13:6-8 नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि उहाँले यो दृष्टान्त भन्नुभयो: “कुनै एकजना मानिसको उसको आफ्नै दाखबारीमा रोपेको एउटा अञ्जीरको रूख थियो। त्यस बोटमा फल छ कि भनी त्यो हेर्न आयो, तर त्यहाँ एउटै पनि फल भेट्टाएन। यसकारण त्यसले दाखबारीको हेरचाह गर्ने मालीलाई भन्यो, ‘अब तीन वर्ष भइसक्यो, म यो अञ्जीरको रूखमा फल खोज्न आइरहेको छु, तर एउटै पनि पाएको छैन। यसलाई काटेर ढालिदेऊ! यसले किन यो जमिन ओगट्ने?’ “तब मालीले जवाफ दियो, ‘मालिक, यसलाई अझै एक वर्ष रहन दिनुहोस्। म यसको वरपर खन्नेछु र मल हाल्नेछु।
लूका 13:6-8 पवित्र बाइबल (NERV)
येशूले यो दृष्टान्त भन्नुभयो, “एकजना मानिसको एउटा नेभारोको रुख थियो। त्यसले त्यो रुखलाई आफ्नै दाखको बारीमा रोपेको थियो। त्यो मानिस रूखमा फल लाग्यो कि भनेर हेर्न आयो, तर केही पाएन। त्यस दाखबारी हेरचाहको लागि त्यसले एकजना नोकर पनि राखेको थियो। त्यसर्थ त्यो मानिसले आफ्नो नोकरलाई भन्यो, मैले तीन वर्ष अघिदेखि यो रूखमा फल खोजिरहेछु, तर केही पाइँन। यसलाई काटी देऊ! किन त्यसै जमीन खेर फाल्ने? तर नोकरले उत्तर दियो, ‘मालिक फलको लागि अझ एक वर्ष यस रुखलाई राखौं। मलाई यसको वरिपरि खनेर मल हाल्न दिनुहोस्।
लूका 13:6-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसपछि येशूले तिनीहरूलाई एउटा दृष्टान्तको रूपमा यस्तो कथा भन्नुभयो, “एक जना मानिसको अङ्गुर बारीमा नेभाराको रूख थियो। ऊ समय-समयमा नेभारा फल्यो कि भनेर हेर्न आउँदा फल पाएन। आखिरमा उसले बारीमा काम गर्ने नोकरलाई भन्यो, ‘हेर, तीन वर्षदेखि यसमा फल फल्छ कि भनेर मैले बाटो हेरें, तर फल्दै फलेन। अब व्यर्थैमा यसलाई किन ठाउँ ओगट्न दिने? यसलाई काटिदेओ।’ तर नोकरले भन्यो, ‘हजुर, अझै एक वर्ष बाटो हेरौं। म यसको वरिपरि खनेर मल हालिदिनेछु।