यहोशू 3:14-17

यहोशू 3:14-17 NCV

यसकारण जब यर्दन तर्न भनी मानिसहरूले छाउनी भत्काए, तब साक्षी पाटीको सन्दुक बोक्ने पुजारीहरू तिनीहरूका अगि-अगि गए। त्यो समय अन्‍नको कटनीको समय थियो। यो समय यर्दनचाहिँ पानीले भरिएको थियो। तापनि करारको सन्दुक बोक्ने पुजारीहरू यर्दन नदीमा पुगेर तिनीहरूका खुट्टाले पानीको किनार छुनेबित्तिकै, माथिबाट तल बगेर आउने पानी बग्न छोड्यो। त्यो पानी धेरै टाढा सार्तानको नजिक आदम भनिने सहरनिर एक थुप्रो भई जम्मा भयो। अनि अराबा समुद्रतिर (अर्थात् मृत सागर) जाने ओरालोमा बग्दै गरेको पानीचाहिँ पूर्ण रूपले सुक्यो। यसरी मानिसहरू यरीहो नदीको अर्कोपट्टि पारि तरे। सबै इस्राएलीहरू सुक्खा जमिनबाट हिँडे, र सम्पूर्ण मानिसहरू नदी पार नगरुन्जेल याहवेहको करारको सन्दुक बोक्ने पुजारीहरू यर्दन नदीको बीचमा सुक्खा जमिनमा उभिरहे।

यहोशू 3 पढ्नुहोस्