तब लेवी कुलका मुखियाहरू, पुजारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलका अरू कुलका मुखियाहरूकहाँ आए। अनि तिनीहरूले कनान देशको शीलोमा तिनीहरूलाई भने, “याहवेहले तपाईंलाई मोशाद्वारा हामीलाई हाम्रा गाईबस्तुका निम्ति खर्कसहितको बस्ने सहरहरू दिनू भनी आज्ञा गर्नुभयो।” यसकारण याहवेहले आज्ञा गर्नुभएझैँ, इस्राएलीहरूले तिनीहरूका आफ्नै उत्तराधिकारको भागबाट लेवीहरूलाई यी सहरहरू र खर्कहरू दिए: पहिलो चिट्ठा वंशअनुसार कहातीहरूका निम्ति निस्क्यो। हारून पुजारीका सन्तान लेवीहरूलाई यहूदा, शिमियोन र बेन्यामीनका कुलहरूबाट तेह्र वटा सहरहरू भाग लगाइयो। कहातका बाँकी रहेका सन्तानहरूलाई एफ्राइम, दान र मनश्शेको आधा कुलहरूका वंशहरूबाट दश वटा सहरहरू भाग लगाइयो। गेर्शोनका सन्तानहरूलाई इस्साखार, आशेर, नप्ताली र बाशानमा भएको मनश्शेको आधा कुलहरूका वंशहरूबाट तेह्र वटा सहरहरू भाग लगाइयो। मरारीका सन्तानहरूले वंशअनुसार रूबेन, गाद र जबूलूनका कुलहरूबाट बाह्र वटा सहरहरू पाए। यसरी याहवेहले मोशाद्वारा आज्ञा गर्नुभएझैँ इस्राएलीहरूले लेवीहरूलाई यी सहरहरू र तिनीहरूका खर्कहरू दिए। तिनीहरूले यहूदा र शिमियोनका कुलहरूबाट भाग लगाइएका सहरहरू यिनै हुन्। यी सहरहरू हारूनका सन्तानहरूलाई दिइयो, जो लेवीका वंशका कहाती थिए। किनकि पहिलो चिट्ठा तिनीहरूको नाममा परेको थियो: तिनीहरूले उनीहरूलाई किर्यत-अर्बा (अर्थात्, हेब्रोन) लाई यहूदामा भएको पहाडी मुलुकबाट चारैतिरका खर्कहरूसमेत दिए। (अर्बा अनाकका पुर्खा थिए।) तर त्यस सहरका खेतहरू र गाउँहरूचाहिँ तिनीहरूले यपून्नेका छोरा कालेबलाई तिनको पैतृक सम्पत्तिको रूपमा दिएका थिए। यसकारण पुजारी हारूनका सन्तानहरूलाई तिनीहरूले हेब्रोन (हत्याको अभियोग लागेको व्यक्तिको लागि शरण-नगर) लिब्ना, यत्तीर, एश्तमो, होलोन, दबीर, ऐन, युत्ता र बेथ-शेमेश, तिनीहरूका खर्कहरूसमेत यी दुई कुलहरूबाट नौ वटा सहरहरू दिइएको थियो। अनि बेन्यामीनको कुलबाट तिनीहरूले उनीहरूलाई यी सहरहरू दिए: गिबोन, गेबा, अनातोत र अल्मोन, तिनीहरूका खर्कहरूसमेत, चार वटा सहरहरू दिइएको थियो। हारूनका सन्तान, पुजारीहरूका निम्ति जम्मा तेह्र वटा तिनीहरूका खर्कहरूसमेत सहरहरू थिए।
यहोशू 21 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशू 21:1-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू