YouVersion लोगो
खोज आइकन

यहोशू 16

16
एफ्राइम र मनश्शेको भाग
1योसेफका सन्तानको निम्ति अधिकारको भाग यरीहोको पूर्वपट्टिको मूल यर्दनदेखि सुरु भएर त्यहाँबाट उकालो हुँदै मरुभूमिलाई छिचोल्दै बेथेलको पहाडी देशसम्म पुगेको थियो। 2त्यो बेथेल अर्थात्, लूजदेखि अगि बढेर अरकीहरू बसेका अतारोत प्रान्तसम्म पुगेको थियो। 3त्यसपछि पश्‍चिमतिर यल्पेतीहरूको इलाका हुँदै ओर्लेर तल्‍लो बेथ-होरोनको इलाका भएर गेजेरसम्म पुगेर समुद्रमा टुङ्गिएको थियो।
4यसरी योसेफका सन्तानहरू एफ्राइम र मनश्शेले, तिनीहरूका उत्तराधिकारको भाग पाए।
5एफ्राइमको इलाका, तिनीहरूका वंशअनुसार यस्तो थियो:
पूर्वमा तिनीहरूको सिमाना अतारोत-अद्दारदेखि उक्लेर माथिल्‍लो बेथ-होरोन हुँदै, 6महासागरसम्म पुगेको थियो। उत्तरमा मिक्मतातबाट पूर्वमा तानत-शीलोतिर घुमेर त्यसबाट पार भएर यानोहसम्म पुगेको थियो। 7त्यसपछि यानोहबाट तल झरेर अतारोत र नारामा पुगेर यरीहोलाई छुँदै, यर्दनबाट निस्केको थियो। 8तप्पूहबाट त्यो सिमाना पश्‍चिममा कनाको खोल्सामा पुगेर महासागरमा समाप्‍त भएको थियो। एफ्राइम कुलको वंशअनुसार, तिनीहरूका उत्तराधिकारको भाग यही थियो।
9यसबाहेक मनश्शेहरूको उत्तराधिकारभित्र एफ्राइम वंशहरूका निम्ति अलग गरिएका सबै सहरहरू र तिनीहरूका गाउँहरू पनि सामेल थिए।
10तिनीहरूले गेजेरमा बस्‍ने कनानीहरूलाई निकालेनन्। आजको दिनसम्म कनानीहरू एफ्राइमका मानिसहरूसँग बसेका छन्, तर तिनीहरू दास भएर बसेका छन्।

अहिले सेलेक्ट गरिएको:

यहोशू 16: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्