यसकारण यहोशूले आफ्ना सबैभन्दा असल लडाकुहरू लगायत सम्पूर्ण फौज लिएर युद्ध गर्न गिलगालबाट हिँडे। अनि याहवेहले यहोशूलाई भन्नुभयो, “तिनीहरूसँग नडरा। मैले तिनीहरूलाई तेरो हातमा सुम्पिदिएको छु। तिनीहरूमध्ये कोही पनि तेरो सामु टिक्न सक्नेछैन।” गिलगालबाट रातभरिको हिँडाइपछि यहोशू अचानक तिनीहरूमाथि जाइलागे। याहवेहले तिनीहरूलाई इस्राएलको सामु भयभीत पारिदिनुभयो। यसरी इस्राएलीहरूले तिनीहरूलाई गिबोनमा पूर्ण रूपले परास्त गरे। इस्राएलीहरूले तिनीहरूलाई बेथ-होरोन जाने बाटोभरि खेदे। अनि तिनीहरूलाई अजेका र मक्केदासम्म लखेटेर मार्दै गए। तिनीहरू इस्राएलीहरूको सामुबाट बेथ-होरोनदेखि अजेकासम्म बाटोमा भाग्दैगर्दा याहवेहले तिनीहरूमाथि आकाशबाट ठूला-ठूला असिनाहरू ओइर्याइदिनुभयो। अनि इस्राएलीहरूका तरवारले मारेकाभन्दा असिनाले धेरै जना मरे। याहवेहले एमोरीहरूलाई इस्राएलको हातमा दिनुभएको त्यस दिन यहोशूले इस्राएलको उपस्थितिमा याहवेहलाई भने: “हे सूर्य, तँ गिबोनमाथि, र हे चन्द्रमा, तँ अय्यालोनको बेँसीमाथि अडेर बस्।” यसकारण इस्राएलले आफ्ना शत्रुहरूमाथि बदला नलिएसम्म सूर्य अडिरह्यो। अनि चन्द्रमा थामियो। यो कुरा याशारको पुस्तकमा लेखिएको छ। आकाशको बीचमा सूर्य अडिरह्यो। अनि सूर्य अस्ताउनलाई लगभग एक दिन नै ढिलो गर्यो। याहवेहले यसरी मानिसको प्रार्थना सुन्नुभएको घटना न त पहिले, न त पछि कहिल्यै कुनै दिन नै भयो। निश्चय नै याहवेह इस्राएलको पक्षमा लडिरहनुभएको थियो!
यहोशू 10 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशू 10:7-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू