त्यसकारण सारा फौज र वीर योद्धाहरू लिएर यहोशू गिलगालबाट गए। अनि परमप्रभुले यहोशूलाई भन्नुभयो, “उनीहरूसँग नडरा किनकि मैले उनीहरूलाई तेरो हातमा सुम्पिदिएको छु। उनीहरू एक जना पनि तेरो सामुन्ने टिक्न सक्नेछैन।” यहोशू रातारात गिलगालबाट हिँड़ेर अचानक उनीहरूमाथि जाइलागे। परमप्रभुले उनीहरूलाई इस्राएलको सामुन्ने अस्तव्यस्त पार्नुभयो र इस्राएलीहरूले गिबोनमा उनीहरूलाई ठूलो विजयसाथ पराजय गरे, र बेथ-होरोनको उकालो बाटोमा उनीहरूलाई खेदेर आजेका र मक्केदासम्म मार्दैगए। इस्राएलीहरूका सामुन्नेबाट उनीहरू जसै बेथ-होरोनदेखि आजेकासम्मै ओह्रालोमा भाग्दैथिए, परमप्रभुले स्वर्गबाट उनीहरूमाथि ठूला-ठूला असिना झारिदिनुभयो। उनीहरूमध्ये इस्राएलीहरूले तरवारले मारेका भन्दा धेरै जना असिनाले मरे। परमप्रभुले एमोरीहरूलाई इस्राएलीहरूका हातमा सुम्पनुभएको दिनमा यहोशूले परमप्रभुसँग इस्राएलीहरूको उपस्थितिमा भने, “हे सूर्य, तँ गिबोनमाथि, र हे चन्द्र, तँचाहिँ अय्यालोनको बेँसीमाथि अड़िरह।” जाति शत्रुमाथि प्रतिशोध नलिउञ्जेल सूर्य र चन्द्र थामिए। यो कुरोको उल्लेख याशारको पुस्तकमा पनि छ। सूर्य आकाशमण्डलको बीचमा अड़िरह्यो, र दिनभरि नै अस्ताउनलाई आतुरी गरेन। परमप्रभुले मानिसको कुरा सुन्नुभयो। त्यो दिनजस्तो उहिले र पछि कहिले भएन। अवश्य इस्राएलीहरूका निम्ति परमप्रभुले युद्ध गर्नुभयो।
यहोशू 10 पढ्नुहोस्
सुन्नुहोस् यहोशू 10
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशू 10:7-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू