यसकारण यहोशू र उनका सारा सेना, सबैभन्दा असल लडाकु दलसमेत गिलगालबाट हिंडे। परमप्रभुले यहोशूलाई भन्नुभयो, “तिनीहरूसित नडरा मैले तँलाई विजय दिइसकेको छु। तिनीहरूमध्ये एक जना पनि तेरा विरुद्धमा उभिन सक्नेछैन।” यहोशू र उनका सेना रातभरि हिँडी गिलगालदेखि गिबोनमा पुगे र एमोरीहरूमाथि अचानक आक्रमण गरे। एमोरीहरूलाई इस्राएलको सेनाअघि परमप्रभुको डरले थरहरी पारे। इस्राएलीहरूले तिनीहरूलाई गिबोनमा हराए र बेथ-होरोनको पहाडी बाटोमा ओह्रालो खेदेर लगे अनि दक्षिणमा आजेका र मक्केदासम्म हमला गरेर खेदे। इस्राएली सेनादेखि भागेर एमोरीहरू ओह्रालोमा दगुरी जाँदा परमप्रभुले तिनीहरूलाई आजेकासम्म नै ठूला-ठूला असिनाको वर्षाले चुट्नुभयो। इस्राएलीहरूबाट भन्दा असिनाबाट तिनीहरू धेरै मारिए। परमप्रभुले इस्राएलीहरूलाई एमोरीहरूमाथि विजय दिनुभएको दिन यहोशूले परमप्रभुसित कुरा गरे। इस्राएलीहरूको सामु उनले भने, “हे सूर्य, तँ गिबोनमाथि, र हे चन्द्र, तँ अय्यालोन बेसीमाथि, अडेर बस्!” इस्राएली जातिले आफ्ना शत्रुलाई विजय नगरेसम्म सूर्य अडिरह्यो अनि चन्द्र रोकियो। यो याशारको पुस्तकमा लेखिएको छ। सूर्य आकाशको बीचमा अडिबस्यो र एक दिनभरि अस्ताएन। त्यसको अघि वा पछि कहिल्यै पनि त्यस्तो दिन भएको छैन जब परमप्रभुले मानिसका कुरा मान्नुभएको थियो। परमप्रभुले इस्राएलपट्टि लागेर युद्ध गर्नुभयो!
यहोशू 10 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशू 10:7-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू