तब याहवेह आँधीबेहरीको बीचबाट इयोबसँग बोल्नुभयो। उहाँले भन्नुभयो: “ज्ञानविनाका शब्दहरूले मेरो योजनालाई धमिल्याउने यो को हो? अब मर्दझैँ कम्मर कसेर खडा हो; म तँलाई प्रश्न गर्नेछु, अनि तैँले मलाई जवाफ दिनेछस्। “मैले पृथ्वीको जग बसाल्दा तँ कहाँ थिइस्? यदि तैँले बुझेको छस् भने मलाई भन्। पृथ्वीको नाप कसले गर्यो? निश्चय नै तँलाई थाहा होला! कसले यसको वरिपरि नाप्ने रेखा खिच्यो?
इयोब 38 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: इयोब 38:1-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू