YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 7:37-40

यूहन्‍ना 7:37-40 NCV

चाडको अन्तिम र प्रमुख दिनमा येशू उभिएर उच्‍च सोरमा भन्‍नुभयो, “यदि कोही तिर्खाउँछ भने, त्यो मकहाँ आओस् र पिओस्। जसले ममाथि विश्‍वास गर्छ, धर्मशास्त्रले भनेअनुसार तिनीहरूका अन्तस्करणबाट जिउँदो पानीका नदीहरू बगेर निस्कनेछन्।” यो कुरा उहाँले पवित्र आत्माको विषयमा भन्‍नुभएको थियो, जसलाई उहाँमाथि विश्‍वास गर्नेहरूले प्राप्‍त गर्न लागेका थिए। त्यस बेलासम्म पवित्र आत्मा दिइएको थिएन; किनकि येशू अझैसम्म महिमित हुनुभएको थिएन। उहाँका वचन सुनेर भीडमा भएका मानिसहरूमध्ये कतिले भने, “निश्‍चय नै यी मानिस साँच्‍चै अगमवक्‍ता हुन्।”

यूहन्‍ना 7 पढ्नुहोस्