अनि पिता जसले मलाई पठाउनुभयो, उहाँ आफैँले मेरो विषयमा साक्षी दिनुभएको छ। तिमीहरूले कहिल्यै पनि उहाँको सोर सुनेका छैनौ, न उहाँको रूप देखेका छौ। न त उहाँको वचन तिमीहरूमा रहन्छ; किनकि उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्वास गर्दैनौ। तिमीहरू लगनशील भई धर्मशास्त्रमा खोजी गर्दछौ। किनकि तिमीहरूले त्यसद्वारा तिमीहरूलाई अनन्त जीवन मिल्छ भनी विचार गर्दछौ। ती धर्मशास्त्रहरूले नै मेरो विषयमा गवाही दिन्छन्, तर पनि जीवन प्राप्त गर्न मकहाँ आउन तिमीहरू अस्वीकार गर्छौ। “म मानिसहरूबाट प्रशंसा ग्रहण गर्दिनँ,” तर म तिमीहरूलाई चिन्दछु। तिमीहरूको हृदयमा परमेश्वरको प्रेम छैन भनी म जान्दछु। म मेरा पिताको नाममा आएको छु, तर तिमीहरू मलाई ग्रहण गर्दैनौ। तर अर्को कोही उसको आफ्नै नाममा आयो भने तिमीहरूले त्यसलाई ग्रहण गर्छौ। यदि तिमीहरूले एका-अर्काबाट प्रशंसा ग्रहण गर्छौ, तर एक मात्र परमेश्वरबाट आउने प्रशंसा प्राप्त गर्न केही वास्ता नै गर्दैनौ भने तिमीहरूले कसरी विश्वास गर्न सक्छौ र? “तर तिमीहरूलाई पिताको अगि मैले दोष्याउनेछु भनी नसम्झ। तिमीहरूलाई दोष्याउने त मोशा हुन्, जसमाथि तिमीहरूको आशा रहेको छ। यदि तिमीहरूले मोशालाई विश्वास गरेका भए तिमीहरूले मलाई पनि विश्वास गर्नेथियौ। किनकि तिनले मेरो विषयमा लेखेका थिए। तर तिनले लेखेको कुरामा विश्वास नगरेपछि मैले भनेका कुराहरू तिमीहरूले कसरी विश्वास गर्छौ र?”
यूहन्ना 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 5:37-47
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू