मलाई पठाउनुहुने पिता आफैले मेरो विषयमा गवाही दिनुभएको छ। उहाँको सोर तिमीहरूले कहिले सुनेका छैनौ, अनि उहाँको रूप कहिले देखेका छैनौ। उहाँको वचन तिमीहरूमा रहँदैन, किनभने जसलाई उहाँले पठाउनुभयो, तिमीहरू उहाँमाथि विश्वास गर्दैनौ। तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ। मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन्, तापनि तिमीहरू जीवन प्राप्त गर्न मकहाँ आउन इन्कार गर्छौ। “म मानिसहरूबाट महिमा ग्रहण गर्दिनँ, तर परमेश्वरको प्रेम तिमीहरूमा छैन भनी म जान्दछु। म आफ्ना पिताको नाउँमा आएको छु, तर तिमीहरू मलाई ग्रहण गर्दैनौ। अर्को कोही आफ्नै नाउँमा आयो भने त्यसलाई ग्रहण गर्नेछौ। तिमीहरू कसरी विश्वास गर्न सक्छौ, जब कि तिमीहरू आपसमा एक-अर्काबाट सम्मान खोज्दछौ, अनि त्यो सम्मानको खोजी गर्दैनौ, जो एकमात्र परमेश्वरबाट आउँदछ? “यो नसम्झ, कि म पिताको सामु तिमीहरूलाई दोष लाउनेछु। तिमीहरूलाई दोष लाउने त मोशा छन्, जसमा तिमीहरूले आफ्ना आशा राखेका छौ। किनभने तिमीहरूले मोशालाई विश्वास गरेका भए मलाई पनि विश्वास गर्नेथियौ, किनकि उनले मेरो विषयमा लेखेका थिए। तर तिमीहरू उनले लेखेका कुराहरू विश्वास गर्दैनौ भने, मेरा वाणी कसरी विश्वास गर्छौ?”
यूहन्ना 5 पढ्नुहोस्
सुन्नुहोस् यूहन्ना 5
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 5:37-47
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू