YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 5:37-47

यूहन्‍ना 5:37-47 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

अनि पिता जसले मलाई पठाउनुभयो, उहाँ आफैँले मेरो विषयमा साक्षी दिनुभएको छ। तिमीहरूले कहिल्यै पनि उहाँको सोर सुनेका छैनौ, न उहाँको रूप देखेका छौ। न त उहाँको वचन तिमीहरूमा रहन्छ; किनकि उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्‍वास गर्दैनौ। तिमीहरू लगनशील भई धर्मशास्त्रमा खोजी गर्दछौ। किनकि तिमीहरूले त्यसद्वारा तिमीहरूलाई अनन्त जीवन मिल्छ भनी विचार गर्दछौ। ती धर्मशास्त्रहरूले नै मेरो विषयमा गवाही दिन्छन्, तर पनि जीवन प्राप्‍त गर्न मकहाँ आउन तिमीहरू अस्वीकार गर्छौ। “म मानिसहरूबाट प्रशंसा ग्रहण गर्दिनँ,” तर म तिमीहरूलाई चिन्दछु। तिमीहरूको हृदयमा परमेश्‍वरको प्रेम छैन भनी म जान्दछु। म मेरा पिताको नाममा आएको छु, तर तिमीहरू मलाई ग्रहण गर्दैनौ। तर अर्को कोही उसको आफ्नै नाममा आयो भने तिमीहरूले त्यसलाई ग्रहण गर्छौ। यदि तिमीहरूले एका-अर्काबाट प्रशंसा ग्रहण गर्छौ, तर एक मात्र परमेश्‍वरबाट आउने प्रशंसा प्राप्‍त गर्न केही वास्ता नै गर्दैनौ भने तिमीहरूले कसरी विश्‍वास गर्न सक्छौ र? “तर तिमीहरूलाई पिताको अगि मैले दोष्याउनेछु भनी नसम्झ। तिमीहरूलाई दोष्याउने त मोशा हुन्, जसमाथि तिमीहरूको आशा रहेको छ। यदि तिमीहरूले मोशालाई विश्‍वास गरेका भए तिमीहरूले मलाई पनि विश्‍वास गर्नेथियौ। किनकि तिनले मेरो विषयमा लेखेका थिए। तर तिनले लेखेको कुरामा विश्‍वास नगरेपछि मैले भनेका कुराहरू तिमीहरूले कसरी विश्‍वास गर्छौ र?”

शेयर गर्नुहोस्
यूहन्‍ना 5 पढ्नुहोस्

यूहन्‍ना 5:37-47 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

मलाई पठाउनुहुने पिता आफैले मेरो विषयमा गवाही दिनुभएको छ। उहाँको सोर तिमीहरूले कहिले सुनेका छैनौ, अनि उहाँको रूप कहिले देखेका छैनौ। उहाँको वचन तिमीहरूमा रहँदैन, किनभने जसलाई उहाँले पठाउनुभयो, तिमीहरू उहाँमाथि विश्‍वास गर्दैनौ। तिमीहरू धर्मशास्‍त्रमा खोजी गर्दछौ, किनभने त्‍यहाँ अनन्‍त जीवन पाइन्‍छ भनी तिमीहरू ठान्‍छौ। मेरो विषयमा गवाही दिने ती नै धर्मशास्‍त्र हुन्, तापनि तिमीहरू जीवन प्राप्‍त गर्न मकहाँ आउन इन्‍कार गर्छौ। “म मानिसहरूबाट महिमा ग्रहण गर्दिनँ, तर परमेश्‍वरको प्रेम तिमीहरूमा छैन भनी म जान्‍दछु। म आफ्‍ना पिताको नाउँमा आएको छु, तर तिमीहरू मलाई ग्रहण गर्दैनौ। अर्को कोही आफ्‍नै नाउँमा आयो भने त्‍यसलाई ग्रहण गर्नेछौ। तिमीहरू कसरी विश्‍वास गर्न सक्‍छौ, जब कि तिमीहरू आपसमा एक-अर्काबाट सम्‍मान खोज्‍दछौ, अनि त्‍यो सम्‍मानको खोजी गर्दैनौ, जो एकमात्र परमेश्‍वरबाट आउँदछ? “यो नसम्‍झ, कि म पिताको सामु तिमीहरूलाई दोष लाउनेछु। तिमीहरूलाई दोष लाउने त मोशा छन्, जसमा तिमीहरूले आफ्‍ना आशा राखेका छौ। किनभने तिमीहरूले मोशालाई विश्‍वास गरेका भए मलाई पनि विश्‍वास गर्नेथियौ, किनकि उनले मेरो विषयमा लेखेका थिए। तर तिमीहरू उनले लेखेका कुराहरू विश्‍वास गर्दैनौ भने, मेरा वाणी कसरी विश्‍वास गर्छौ?”

शेयर गर्नुहोस्
यूहन्‍ना 5 पढ्नुहोस्

यूहन्‍ना 5:37-47 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

अनि पिता जसले मलाई पठाउनुभयो, उहाँ आफैँले मेरो विषयमा साक्षी दिनुभएको छ। तिमीहरूले कहिल्यै पनि उहाँको सोर सुनेका छैनौ, न उहाँको रूप देखेका छौ। न त उहाँको वचन तिमीहरूमा रहन्छ; किनकि उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्‍वास गर्दैनौ। तिमीहरू लगनशील भई धर्मशास्त्रमा खोजी गर्दछौ। किनकि तिमीहरूले त्यसद्वारा तिमीहरूलाई अनन्त जीवन मिल्छ भनी विचार गर्दछौ। ती धर्मशास्त्रहरूले नै मेरो विषयमा गवाही दिन्छन्, तर पनि जीवन प्राप्‍त गर्न मकहाँ आउन तिमीहरू अस्वीकार गर्छौ। “म मानिसहरूबाट प्रशंसा ग्रहण गर्दिनँ,” तर म तिमीहरूलाई चिन्दछु। तिमीहरूको हृदयमा परमेश्‍वरको प्रेम छैन भनी म जान्दछु। म मेरा पिताको नाममा आएको छु, तर तिमीहरू मलाई ग्रहण गर्दैनौ। तर अर्को कोही उसको आफ्नै नाममा आयो भने तिमीहरूले त्यसलाई ग्रहण गर्छौ। यदि तिमीहरूले एका-अर्काबाट प्रशंसा ग्रहण गर्छौ, तर एक मात्र परमेश्‍वरबाट आउने प्रशंसा प्राप्‍त गर्न केही वास्ता नै गर्दैनौ भने तिमीहरूले कसरी विश्‍वास गर्न सक्छौ र? “तर तिमीहरूलाई पिताको अगि मैले दोष्याउनेछु भनी नसम्झ। तिमीहरूलाई दोष्याउने त मोशा हुन्, जसमाथि तिमीहरूको आशा रहेको छ। यदि तिमीहरूले मोशालाई विश्‍वास गरेका भए तिमीहरूले मलाई पनि विश्‍वास गर्नेथियौ। किनकि तिनले मेरो विषयमा लेखेका थिए। तर तिनले लेखेको कुरामा विश्‍वास नगरेपछि मैले भनेका कुराहरू तिमीहरूले कसरी विश्‍वास गर्छौ र?”

शेयर गर्नुहोस्
यूहन्‍ना 5 पढ्नुहोस्

यूहन्‍ना 5:37-47 पवित्र बाइबल (NERV)

पिता जसले मलाई पठाउनु भयो उहाँले मेरो बारेमा साक्षी पनि दिनुभयो। तर तिमीहरूले उहाँको आवाज कहिले सुनेनौ र तिमीहरूले उहाँलाई कहिले देखेनौ। पिताको वचनले पनि तिमाहरूमा काम गरिरहेको छैन। किनभने जसलाई पिताले पठाउनु भयो उहाँलाई विश्वास गर्दैनौ। तिमीहरूले धर्मशास्त्र सावधानसित अध्ययन गर किनभने तिमीहरू सोच्दछौ कि ती धर्मशास्त्रद्वारा तिमीहरूले अनन्त जीवन पाउनेछौ अनि यिनै धर्मशास्त्रले मेरो विषयमा गवाही दिन्छ। तर तिमीहरू जीवन पाउनलाई मकहाँ आउँन चाँहदैनौ। “म मानिसहरूबाट प्रशंसा चाहन्न। तर म तिमीहरूलाई जान्दछु तिमीहरूमा परमेश्वरको प्रेम छैन। म मेरो पिताबाट आएको हुँ-अनि म उहाँकै निम्ति बोल्दछु। तर तिमीहरूले मलाई ग्रहण गर्दैनौ। तर यदि कुनै मानिस आँउछ अनि आफ्नै विषयमा बोल्छ भने, उसलाई तिमीहरू ग्रहण गर्नेछौ। तिमीहरू एकाअर्कामा प्रशंसा गरेको रूचाउँछौ। तर तिमीहरूले त्यो प्रशंसाको खोजी गर्दैनौ जो एक परमेश्वरबाट मात्र आँउछ। तब तिमी कसरी विश्वास गर्न सक्छौ? नसम्झ कि म पिता समक्ष तिमीहरूको विरोधदमा भन्नेछु। मोशा ती मानिस हुन् जसले तिमीहरू विरूध्य बोल्छन्। अनि उनै एक हुन जसमाथि तिमीहरूले बचाऊको आशा गर्यौ। यदि तिमीहरूले साँच्ची नै मोशालाई विश्वास गरेको भए, तिमीहरूले मलाई पनि विश्वास गर्ने थियौ? किनभने मोशाले मेरो विषयमा लेख्नु भएकोछ। तर तिमीहरूले मोशाले के लेखे त्यसलाई विश्वास गर्दैनौ भने तब म जे भन्छु तिमीहरूले कसरी विश्वास गर्न सक्छौ?”

शेयर गर्नुहोस्
यूहन्‍ना 5 पढ्नुहोस्

यूहन्‍ना 5:37-47 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

मलाई पठाउनुहुने पिता आफैंले पनि मेरो लागि साक्षी दिनुभएको छ। तर तिमीहरूले उहाँको चाहिँ सोर कहिल्‍यै सुनेका छैनौ, नता उहाँलाई देखेका छौ। उहाँको वचन तिमीहरूको मनमा राख्‍दैनौ किनभने तिमीहरू उहाँले पठाउनुभएको मानिसलाई नै विश्‍वास गर्दैनौ। धर्मशास्‍त्रमा अनन्त जीवन पाइन्‍छ भनी तिमीहरू त्‍यहाँ खोजी गर्दछौ र धर्मशास्‍त्रले नै मेरो बारेमा बताउँछ। तर अनन्त जीवन पाउन तिमीहरू मकहाँ आउँदैनौ। “मैले मानिसहरूले दिएको प्रशंसा खोजेको होइन। तर मैले तिमीहरूलाई चिनिसकेको छु, तिमीहरूको हृदयमा परमेश्‍वरको प्रेम छैन भनेर मलाई थाहा छ। म मेरा पिताको अधिकार लिएर आएको छु, तापनि तिमीहरूले मलाई ग्रहण गर्दैनौ। तर आफ्‍नै अधिकार लिएर आउनेहरूलाई चाहिँ तिमीहरूले ग्रहण गर्छौ। तिमीहरू एकअर्कामा प्रशंसा खोज्‍छौ तर एक मात्र परमेश्‍वरबाट मिल्‍ने स्‍याबासीको चाहिँ इच्‍छा राख्‍दैनौ भने तिमीहरूले कसरी विश्‍वास गर्न सक्‍छौ र? “म तिमीहरूलाई पिताको अगाडि दोष लगाउनेछु भन्‍ने नसम्‍झ। तिमीहरूले मोशालाई भरोसा गरेका छौ, तर उनले नै तिमीहरूलाई दोष लगाउनेछन्। तिमीहरूले साँच्‍चै मोशालाई विश्‍वास गरेका भए मलाई पनि विश्‍वास गर्नेथियौ किनभने उनले त मेरो बारेमा लेखेका थिए! तर तिमीहरू उनले लेखेका कुराहरू नै विश्‍वास गर्दैनौ भने मैले भनेका कुरामा कसरी विश्‍वास गर्न सकौला र?”

शेयर गर्नुहोस्
यूहन्‍ना 5 पढ्नुहोस्