YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 4:46-54

यूहन्‍ना 4:46-54 NCV

उहाँ फेरि एक पल्ट गालीलको कानामा जानुभयो, जहाँ उहाँले पानीलाई दाखमद्यमा बदल्नुभएको थियो। अनि त्यहाँ कफर्नहुममा एक जना राजकीय हाकिम थिए। तिनको छोरा बिरामी थियो। जब येशू यहूदियाबाट गालील आइपुग्नुभएको छ भन्‍ने तिनले सुने, तब तिनी उहाँकहाँ गए, र उहाँ आएर तिनको छोरालाई निको पारिदिन उहाँलाई बिन्ती गरे। किनकि तिनको छोरा मर्नै आँटेको अवस्थामा थियो। येशूले तिनलाई भन्‍नुभयो, “अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू नदेखेसम्म तिमीहरूले कहिल्यै विश्‍वास गर्दैनौ।” “हजुर, मेरो छोरा मर्नुभन्दा अगि नै आइदिनुहोस्!” भनी ती हाकिमले भने। “तिमी जान सक्छौ, तिम्रो छोरा बाँच्नेछ।” येशूले जवाफ दिनुभयो। तिनले येशूको वचनमा विश्‍वास गरे, र फर्के। तिनी बाटोमै छँदा नै तिनका सेवकहरूले भेटेर तिनको छोरा निको भइसकेको खबर दिए। छोरा कुन समयदेखि निको भयो भनी तिनले सोध्दा तिनीहरूले भने, “हिजो दिउँसो एक बजेदेखि तिनलाई ज्वरोले छोड्यो।” तब त्यो समय येशूले “तिम्रो छोरा बाँच्नेछ” भनी भन्‍नुभएकै समय रहेछ भनी बुबाचाहिँले थाहा पाए। तब तिनले र तिनका सबै परिवारले विश्‍वास गरे। यहूदियाबाट गालीलमा आएर येशूले गर्नुभएको यो दोस्रो अलौकिक चिन्ह थियो।

यूहन्‍ना 4 पढ्नुहोस्