YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 4:27-36

यूहन्‍ना 4:27-36 NCV

त्यति नै बेला उहाँका चेलाहरू फर्केर आइपुगे, र उहाँलाई एउटी स्त्रीसँग कुरा गरिरहनुभएको देखेर तिनीहरू छक्‍क परे। तर कसैले पनि “तपाईं के चाहनुहुन्छ?” अथवा “तपाईं त्यस स्त्रीसित किन कुरा गर्दै हुनुहुन्छ?” भनी उहाँलाई सोधेनन्। त्यसपछि आफ्नो गाग्रो त्यहीं छोडेर त्यो स्त्री शहरतिर फर्केर गई र मानिसहरूलाई भनी, “आओ, र एकजना मानिसलाई हेर, जसले मैले गरेका सबै कुराहरू मलाई भनिदिनुभयो। कतै उहाँ नै ख्रीष्‍ट ता हुनुहुन्‍न?” तिनीहरू शहरबाट निस्केर उहाँकहाँ गए। यसै समयमा उहाँका चेलाहरूले उहाँलाई “गुरुज्यू, केही भोजन गर्नुहोस्” भनी विन्ती गरे। तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मसँग खानलाई भोजन छ, जसको बारेमा तिमीहरूलाई थाहा छैन।” त्यसपछि चेलाहरूले एक-अर्कालाई भने, “कसैले उहाँको निम्ति भोजन ल्याइदिएको होला कि?” येशूले भन्‍नुभयो, “मेरो भोजन नै मलाई पठाउनुहुनेको इच्छा पालन गर्नु र उहाँको काम पूरा गर्नु हो। के तिमीहरू ‘अब चार महिना बाँकी छ, तब कटनीको समय हुन्छ’ भनी भन्दैनौ र? म तिमीहरूलाई भन्दछु, आफ्ना आँखा खोलेर खेतबारीहरूमा हेर! त्यो कटनीको निम्ति पाकिसकेको छ। अहिले पनि फसल काट्नेले ज्याला पाउँछ, अहिले पनि उसले अनन्त जीवनको लागि फल बटुल्छ, जसले गर्दा बीउ छर्ने र फसल काट्ने दुवै एकसाथ रमाउँछन्।

यूहन्‍ना 4 पढ्नुहोस्