किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना अद्वितीय पुत्रलाई बलिदानको लागि दिनुभयो; उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्। किनकि परमेश्वरले संसारलाई दोषी ठहराउनका निम्ति आफ्ना पुत्रलाई संसारमा पठाउनुभएको होइन, तर उहाँद्वारा संसारलाई बचाउन पठाउनुभयो। जसले उहाँमाथि विश्वास गर्दछ, त्यो दोषी ठहरिँदैन; तर जसले विश्वास गर्दैन, त्यो अघिबाटै दोषी ठहरिएको हुन्छ; किनकि उसले परमेश्वरका अद्वितीय पुत्रको नाउँमा विश्वास गरेको छैन। फैसला यही हो: ज्योति संसारमा आएको छ, तर मानिसहरूले ज्योतिको साटो अन्धकारलाई रुचाए; किनकि तिनीहरूका कामहरू खराब थिए।
यूहन्ना 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 3:16-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू