किनभने परमेश्वरले संसारलाई यति धैरै प्रेम गर्नुभयो, उहाँले आफ्नो एक मात्र पुत्र पनि दिनुभयो। परमेश्वरको पुत्रमाथि विश्वास गर्ने कोही पनि नाश हुनेछैनन्, तर तिनीहरूले अनन्त जीवन पाउनेछन्। परमेश्वरले त आफ्नो एक मात्र पुत्रलाई संसारका मानिसहरूलाई दोषी ठहराउन होइन, तर तिनीहरूलाई बचाउन पठाउनुभएको हो। अब परमेश्वरको एक मात्र पुत्रमाथि विश्वास गर्ने कोही पनि दोषी ठहरिनेछैन, तर उहाँमाथि विश्वास नगर्ने जतिचाहिँ दोषी ठहरिसकेका छन् किनभने तिनीहरूले परमेश्वरको एक मात्र पुत्रलाई विश्वास गरेका छैनन्। दोष यसरी लाग्छ, उज्यालोचाहिँ संसारमा आएको छ अनि मानिसहरूका काम दुष्ट भएको हुनाले तिनीहरूले उज्यालोलाई भन्दा अँध्यारोलाई मन पराउँछन्
यूहन्ना 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 3:16-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू