YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 3:12-21

यूहन्‍ना 3:12-21 NCV

मैले तिमीहरूलाई पृथ्वीका कुराहरू भनेको छु र पनि तिमीहरू विश्‍वास गर्दैनौ, तिमीहरूलाई मैले स्वर्गका कुरा बताएँ भने झन् कसरी विश्‍वास गरौला? स्वर्गबाट ओर्लिआएका मानिसका पुत्र कोही पनि स्वर्गमा गएका छैनन्। जसरी मोशाले उजाडस्थानमा सर्पलाई उचाले, त्यसरी नै मानिसका पुत्र पनि उचालिनैपर्छ, तब उहाँमाथि विश्‍वास गर्ने हरेकले अनन्त जीवन पाउन सक्छ।” किनकि परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना अद्वितीय पुत्रलाई बलिदानको लागि दिनुभयो; उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्। किनकि परमेश्‍वरले संसारलाई दोषी ठहराउनका निम्ति आफ्ना पुत्रलाई संसारमा पठाउनुभएको होइन, तर उहाँद्वारा संसारलाई बचाउन पठाउनुभयो। जसले उहाँमाथि विश्‍वास गर्दछ, त्यो दोषी ठहरिँदैन; तर जसले विश्‍वास गर्दैन, त्यो अघिबाटै दोषी ठहरिएको हुन्छ; किनकि उसले परमेश्‍वरका अद्वितीय पुत्रको नाउँमा विश्‍वास गरेको छैन। फैसला यही हो: ज्योति संसारमा आएको छ, तर मानिसहरूले ज्योतिको साटो अन्धकारलाई रुचाए; किनकि तिनीहरूका कामहरू खराब थिए। हरेक जसले दुष्‍ट काम गर्दछ, त्यसले ज्योतिलाई घृणा गर्दछ, र त्यसका कामहरू प्रकट होलान् भन्‍ने डरले त्यो ज्योतिमा आउँदैन। तर जो सत्यतामा जिउँछ, उसले जे गरेको छ, त्यो परमेश्‍वरद्वारा गरिएका हुन् भन्‍ने कुरा स्पष्‍ट देखिन सकियोस् भनी ज्योतिकहाँ आउँछ।

यूहन्‍ना 3 पढ्नुहोस्

यूहन्‍ना 3:12-21 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति