YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 3:12-21

यूहन्‍ना 3:12-21 सरल नेपाली

मैले यही संसारमा भएको कुराको बारेमा बोल्‍दा त तिमीहरूले पत्‍याउँदैनौ भने झन् स्‍वर्गको बारेमा बोलें भने त कसरी पत्‍याउन सक्‍छौ र? स्‍वर्गबाट आउने मानव पुत्रबाहेक अरू कोही पनि स्‍वर्गमा गएको छैन। इस्राएलीहरू उजाड-स्थानमा हुँदा मोशाले पितलको सर्प बनाएर काठमा उचालेर राखेजस्‍तै मानव पुत्र पनि उचालिनुपर्छ। यसरी उहाँमाथि विश्‍वास गर्ने सबैले अनन्तजीवन पाउनेछन्।” किनभने परमेश्‍वरले संसारलाई यति धैरै प्रेम गर्नुभयो, उहाँले आफ्‍नो एक मात्र पुत्र पनि दिनुभयो। परमेश्‍वरको पुत्रमाथि विश्‍वास गर्ने कोही पनि नाश हुनेछैनन्, तर तिनीहरूले अनन्त जीवन पाउनेछन्। परमेश्‍वरले त आफ्‍नो एक मात्र पुत्रलाई संसारका मानिसहरूलाई दोषी ठहराउन होइन, तर तिनीहरूलाई बचाउन पठाउनुभएको हो। अब परमेश्‍वरको एक मात्र पुत्रमाथि विश्‍वास गर्ने कोही पनि दोषी ठहरिनेछैन, तर उहाँमाथि विश्‍वास नगर्ने जतिचाहिँ दोषी ठहरिसकेका छन् किनभने तिनीहरूले परमेश्‍वरको एक मात्र पुत्रलाई विश्‍वास गरेका छैनन्। दोष यसरी लाग्‍छ, उज्‍यालोचाहिँ संसारमा आएको छ अनि मानिसहरूका काम दुष्‍ट भएको हुनाले तिनीहरूले उज्‍यालोलाई भन्दा अँध्‍यारोलाई मन पराउँछन् किनभने दुष्‍ट काम गर्ने सबैले उज्‍यालोलाई घृणा गर्छन्। उज्‍यालोमा तिनीहरूले गरेका कामहरू देखिन्‍छन् भन्‍ने डरले तिनीहरू उज्‍यालोमा आउँदैनन्। तर सत्‍य कुरा मान्‍ने मानिसचाहिँ उज्‍यालोमा आउँछ र यसरी उसको काम परमेश्‍वरमा गरिएको हो भन्‍ने कुरा छर्लङ्ग देखिन्‍छ।

यूहन्‍ना 3 पढ्नुहोस्

यूहन्‍ना 3:12-21 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति