YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 20:1-10

यूहन्‍ना 20:1-10 NCV

हप्‍ताको पहिलो दिन, अँध्यारैमा मरियम मग्दलिनी चिहानमा गइन्, र त्यस चिहानको मुखको ढुङ्गा एकातिर हटाइएको देखिन्। तब तिनी दौडिँदै सिमोन पत्रुस र येशूले औधी माया गर्ने अर्को चेलाकहाँ आइन्, र भनिन्, “तिनीहरूले प्रभुको शरीर चिहानबाट लगेछन्; र उहाँलाई कहाँ राखेका छन्, सो हामीलाई थाहा छैन!” तब पत्रुस र ती अर्का चेला चिहानतिर दौडे। पत्रुसलाई उछिनेर ती अर्का चेला पहिले चिहानमा पुगे। तिनले निहुरेर भित्र हेर्दा सुती कपडाका पट्टीहरू मात्र त्यहाँ रहिरहेका देखे, तर उनी भित्र पसेनन्। त्यसै बेला सिमोन पत्रुस आइपुगे, र चिहानभित्र पसे। उनले सुतीको कपडाहरू त्यहीँ रहिरहेका देखे। शिरमा बाँधिएको लास बाँध्ने कपडाचाहिँ सुती कपडाहरूसित होइन, तर अलग्गै एक ठाउँमा पट्याएर राखिएको देखे। आखिरमा चिहानमा पहिले आइपुग्ने अर्का ती चेला पनि भित्र पसे, र त्यो देखेर तिनले विश्‍वास गरे। (तिनीहरूले उहाँ मृतकहरूबाट जीवित भएर उठ्नुपर्छ भन्‍ने धर्मशास्त्रको वचन अहिलेसम्म पनि बुझेकै थिएनन्।) त्यसपछि चेलाहरू आ-आफ्ना घर फर्के।

यूहन्‍ना 20 पढ्नुहोस्