YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 20:1-10

यूहन्‍ना 20:1-10 NNRV

हप्‍ताको पहिलो दिन बिहान अँध्‍यारो छँदै मरियम मग्‍दलिनी चिहानमा आइन्, र तिनले ढुङ्गा चिहानबाट हटाइएको देखिन्‌। तिनी सिमोन पत्रुस र येशूले माया गर्नुहुने अर्को चेलाकहाँ दगुरेर गइन्, र तिनीहरूलाई भनिन्, “तिनीहरूले प्रभुलाई चिहानबाट बाहिर लगेछन्, र उहाँलाई कहाँ राखेका छन्, सो हामी जान्‍दैनौं।” तब पत्रुस र अर्को चेला बाहिर निस्‍केर चिहानतिर गए। ती दुवै सँगसँगै दगुरे, तर अर्को चेला पत्रुसलाई उछिनेर चिहानमा अगाडि आइपुग्‍यो। चिहानभित्र निहुरेर हेर्दा, तिनले अघि बेह्रेका सूती कपड़ाहरू मात्र पड़िरहेका देखे, तर तिनी भित्र पसेनन्‌। सिमोन पत्रुस त्‍यसको पछिपछि आए, र चिहानभित्र पसे, अनि तिनले पनि मलमलका बेह्रने कपड़ाहरू मात्र त्‍यसै पड़िरहेका देखे। उहाँको शिरमा बाँधिएको रूमालचाहिँ मलमलका कपड़ाहरूसँग थिएन, तर अलग्‍गै एक ठाउँमा पट्याएर राखिएको थियो। तब चिहानमा पहिले आइपुग्‍ने अर्को चेला पनि भित्र पसे, र त्‍यो देखेर तिनले विश्‍वास गरे। किनभने तिनीहरूले उहाँ मृतकबाट जीवित भई उठ्‌नुपर्छ भन्‍ने धर्मशास्‍त्रको वचन अहिलेसम्‍म बुझेका थिएनन्‌। त्‍यसपछि ती चेलाहरू आफ्‍ना घर फर्के।