YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 13:12-18

यूहन्‍ना 13:12-18 NCV

चेलाहरूको खुट्टा धोइसक्नुभएपछि उहाँले आफ्नो लुगा फेरि पहिरिनुभयो र आफ्नो ठाउँमा बसेर सोध्नुभयो, “मैले तिमीहरूको निम्ति के गर्दैथिएँ, त्यसको अर्थ तिमीहरूले बुझ्दछौ? तिमीहरू मलाई ‘गुरु’ र ‘प्रभु’ भन्छौ, र त्यो ठिकै हो; किनकि म त्यही नै हुँ। प्रभु र गुरु भएर पनि मैले तिमीहरूको खुट्टा धोएको छु भने तिमीहरूले पनि एक-अर्काको खुट्टा धुनुपर्छ। मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु। तिमीहरूसँग मैले जसो गरेको छु, सो तिमीहरूले पनि त्यसै गर्ने गर। म तिमीहरूलाई साँच्‍चै भन्दछु, कुनै सेवक आफ्नो मालिकभन्दा ठूलो हुँदैन। अनि खबर लैजाने पनि खबर पठाउनेभन्दा ठूलो हुँदैन। अब तिमीहरूलाई यी कुराहरू थाहा छ र यसलाई पालन गर्‍यौ भने तिमीहरू धन्यका हुनेछौ। “तिमीहरू सबैका निम्ति मैले यी कुराहरू भनेको होइनँ। मैले चुनेका प्रत्येकलाई म राम्ररी चिन्दछु। तर धर्मशास्त्रको यो कुरा पूरा होस् भनेर यसो भएको हो: ‘मसँग भोज खानेले नै मेरो विरुद्धमा लात उठाएको छ।’

यूहन्‍ना 13 पढ्नुहोस्