YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 13:12-18

यूहन्‍ना 13:12-18 सरल नेपाली

चेलाहरूको खुट्टा धोइसक्‍नुभएपछि येशूले खास्‍टो ओड्‍नुभयो र फेरि खान बस्‍नुभएपछि भन्‍नुभयो, “मैले किन तिमीहरूका खुट्टा धोएको, तिमीहरूले बुझ्‍यौ? तिमीहरूले मलाई गुरु र प्रभु भन्‍छौ। यो कुरा ठीक नै हो, म तिमीहरूका प्रभु र गुरु नै हुँ। मैले प्रभु र गुरु भएर पनि तिमीहरूका खुट्टा धोएको छु भने तिमीहरूले पनि एक-अर्काको खुट्टा धुनुपर्छ। मैले गरेजस्‍तै तिमीहरूले पनि गर भनेर नै मैले नमुना देखाएको हुँ। साँच्‍चै म तिमीहरूलाई भन्‍छु, मालिकभन्दा नोकर ठूलो हुँदैन अनि खबर पठाउनेभन्दा खबर ल्‍याउने पनि ठूलो हुँदैन। तिमीहरूले यो कुरा बुझेर यसैअनुसार काम गर्‍यौ भने तिमीहरू सुखी हुनेछौ। “मैले तिमीहरू सबैको विषयमा भनेको होइनँ? मैले छानेकाहरूलाई म चिन्‍छु। तर ‘मसँगै रोटी खाने मानिस मेरो विरोधी भयो’ भनेर धर्मशास्‍त्रमा लेखिएको कुरा पूरा हुनु नै पर्छ।

यूहन्‍ना 13 पढ्नुहोस्