निश्चय नै म तिनीहरूलाई सबै देशहरूबाट जम्मा गर्नेछु, जहाँ मैले आफ्नो रिस र प्रचण्ड क्रोधमा तिनीहरूलाई धपाइदिएको थिएँ। म तिनीहरूलाई यस भूमिमा फर्काएर ल्याउनेछु र तिनीहरूलाई सुरक्षित भएर बस्न दिनेछु। तिनीहरू मेरा मानिसहरू हुनेछन्, र म तिनीहरूका परमेश्वर हुनेछु। म तिनीहरूलाई एउटै हृदय र एउटै उद्देश्य दिनेछु, ताकि तिनीहरूले आफ्ना र तिनीहरूका सन्तानको भलाइका निम्ति सधैँ मेरो डर मान्नेछन्। म तिनीहरूसँग अनन्तको करार बाँध्नेछु। म तिनीहरूको भलाइ गर्न कहिल्यै छोड्नेछैनँ। अनि म तिनीहरूलाई मप्रति डर मान्ने बनाउनेछु। यसकारण तिनीहरू मबाट कहिल्यै तर्केर टाढा जानेछैनन्। तिनीहरूको भलाइ गर्दा म आनन्दित हुनेछु; अनि मेरो सारा हृदयले र सारा प्राणले तिनीहरूलाई यस देशमा निश्चय नै स्थायी रूपमा स्थापित गर्नेछु।
यर्मिया 32 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यर्मिया 32:37-41
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू