YouVersion लोगो
खोज आइकन

यर्मिया 32:37-41

यर्मिया 32:37-41 NNRV

‘म तिनीहरूलाई ती सबै देशहरूबाट भेला गर्नेछु, जुन देशमा मैले तिनीहरूलाई मेरो भयानक रीस र अत्‍यन्‍त क्रोधमा निर्वासन गरेको थिएँ। म तिनीहरूलाई फेरि यस देशमा फर्काएर ल्‍याउनेछु र सुरक्षितसाथ बस्‍न दिनेछु। तिनीहरू मेरा प्रजा हुनेछन्‌ र म तिनीहरूका परमेश्‍वर हुनेछु। म तिनीहरूलाई एउटै मन दिनेछु, ताकि तिनीहरू एउटै चालमा चलून्, र तिनीहरूले आफ्‍नै र तिनीहरूका पछि आउने सन्‍तानका भलाइको निम्‍ति सधैँभरि मेरो डर मानून्‌। तिनीहरूसित सधैँको निम्‍ति म करार बाँध्‍नेछु: तिनीहरूलाई भलाइ गर्न म कहिल्‍यै छोड्‍नेछैनँ, र तिनीहरू मदेखि फर्केर नजाऊन्‌ भनी मेरो डर म तिनीहरूका हृदयमा हालिदिनेछु। तिनीहरूलाई भलाइ गर्नमा नै म खुशी हुनेछु, र निश्‍चय नै तिनीहरूलाई यस देशमा म मेरो पूरा हृदय र प्राणले बसाल्‍नेछु।