‘म तिनीहरूलाई तिनीहरूको भूमिमा फर्काई ल्याउनेछु। म ती मानिसहरूसँग रीसाएको समयमा तिनीहरूलाई तितर-बितर पारेको ठाउँहरूबाट भेला पार्नेछु। तर म तिनीहरूलाई यो ठाउँमा फर्काई ल्याउनेछु। म ती मानिसहरूलाई त्यस्तै पार्नेछु। म तिनीहरूको जीवनलाई शान्त र सुरक्षित बनाउनेछु। तिनीहरू मेरो मानिसहरू हुनेछन् अनि म तिनीहरूका परमप्रभु हुनेछु। म तिनीहरूलाई संयुक्त हृदय र पथ दिनेछु ताकि तिनीहरू र आफ्ना आफ्ना बाल-बच्चाको भलाईको निम्ति मलाई सधैँ सम्मान गर्नेछन्। “‘म तिनीहरूसित एक स्थायी करार गर्नेछु। यो करार बमोजिम म तिनीहरूको सधैँ भलाई गर्नेछु। तिनीहरूले मलाई आदर गर्ने बनाउनेछु। यसकारण तिनीहरूले मलाई कहिल्यै त्याग्ने छैनन्। तिनीहरूलाई भलाई गर्नुमा म खुशी रहेनछु। म निश्चय तिनीहरूलाई यस देशमा रोप्ने छु र हुर्काउने छु। म आफ्नो जम्मै हृदय र मनले त्यसो गर्ने छु।’”
यर्मियाको पुस्तक 32 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यर्मियाको पुस्तक 32:37-41
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू