YouVersion लोगो
खोज आइकन

यर्मिया 29:5-11

यर्मिया 29:5-11 NCV

“तिमीहरू घरहरू बनाओ र बसोबास गर; बगैँचाहरू लगाओ र त्यहाँका उब्जनीहरू खाओ। विवाह गर र छोराछोरीहरू जन्माओ; तिमीहरूका छोराहरूका निम्ति पत्नीहरू खोजिदेओ र आफ्ना छोरीहरूको विवाह गरिदेओ, र तिनीहरूका पनि छोराछोरीहरू होऊन्। तिमीहरू संख्यामा वृद्धि हुँदैजाओ, तर घटेर नजाओ। मैले तिमीहरूलाई निर्वासनमा लगेको सहरको शान्ति र उन्‍नतिको निम्ति प्रार्थना गर। त्यस सहरको निम्ति याहवेहसित प्रार्थना गर; किनकि त्यस सहरको उन्‍नति भयो भने तिमीहरूको पनि उन्‍नति हुनेछ।” हो, सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: “तिमीहरूका बीचमा भएका अगमवक्ताहरू र जोखना हेर्नेहरूले तिमीहरूलाई धोका नदेऊन्। तिमीहरूले देखेका सपनाहरूमा ध्यान नदेओ। तिनीहरूले मेरो नाममा तिमीहरूलाई झूटो अगमवाणी गरिरहेका छन्। मैले तिनीहरूलाई पठाएको होइनँ,” याहवेह घोषणा गर्नुहुन्छ। याहवेह यसो भन्‍नुहुन्छ: “जब बेबिलोनको निम्ति सत्तरी वर्ष पूरा हुन्छ, तब म तिमीहरूकहाँ आउनेछु र तिमीहरूलाई यस ठाउँमा फर्काएर ल्याउनेछु भनी तिमीहरूसँग गरेको मेरो असल प्रतिज्ञा पूरा गर्नेछु।” किनकि जुन योजनाहरू मैले तिमीहरूको निम्ति बनाएको छु, ती म जान्दछु, याहवेह घोषणा गर्नुहुन्छ। “ती योजनाहरू तिमीहरूका उन्‍नतिका निम्ति हुन्, तिमीहरूको नोक्सानीको निम्ति होइनन्। तिमीहरूले आशा गरेअनुसारको असल भविष्य दिनलाई हो।

यर्मिया 29 पढ्नुहोस्