‘त्यहाँ घर बनाओ र बसोबास गर। बगैँचाहरू लगाओ र त्यहाँका उब्जनी खाओ। बिहेबारी गर र सन्तानहरू खडा गर। तिम्रा छोरा-छोरीहरूले पनि बिहेबारी गरून् र बाल-बच्चाहरू जन्माऊन्। तिमीहरूको सङ्ख्या बढ्नुपर्छ, घट्नुहुँदैन। जुन सहरमा मैले कैदी बनाएर पठाएँ, त्यहाँको सुख-शान्तिको निम्ति काम गर। त्यसको निम्ति मलाई प्रार्थना गर किनभने त्यसको फलिफाप भयो भने तिमीहरूको पनि फलिफाप हुनेछ। म परमप्रभु इस्राएलका परमेश्वरले तिमीहरूलाई यो चेतावनी दिंदछु कि तिमीहरूका माझमा बास गर्ने अगमवक्ताहरू वा हामी भविष्यका कुरा बताउन सक्छौं भनी दाबी गर्ने अरू मानिसहरूका छलमा नपर। तिमीहरू आफैंले रचेका सपनाका कुरामा ध्यान नदेओ। मेरो नाममा तिनीहरूले तिमीहरूलाई झूटा कुरा भनिरहेका छन्। मैले तिनीहरूलाई पठाएको होइनँ। म सर्वशक्तिमान् परमप्रभु बोलेको छु।’ “परमप्रभु भन्नुहुन्छ, ‘बेबिलोनका कैदका सत्तरी वर्ष पूरा भएपछि म तिमीहरूलाई हेर्न आउनेछु र तिमीहरूलाई घर फर्काई ल्याउनेछु। मेरो प्रतिज्ञा पूरा गर्नेछु। मैले तिमीहरूको निम्ति रचेका उपायहरू म आफैं जान्दछु। ती उपायहरूद्वारा तिमीहरूको फलिफाप हुनेछ तर खति हुनेछैन र तिमीहरूले आशा गरेका र उज्वल भविष्य तिमीहरूलाई दिनेछु।
यर्मिया 29 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यर्मिया 29:5-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू