YouVersion लोगो
खोज आइकन

यर्मिया 18:1-6

यर्मिया 18:1-6 NCV

यर्मियाकहाँ आएको याहवेहको वचन यही हो: “तल कुमालेको घरमा जा, र त्यहाँ म तँलाई मेरो सन्देश दिनेछु।” यसकारण म कुमालेको घरमा गएँ; अनि मैले उसलाई आफ्नो चक्‍कामा काम गरिरहेको देखेँ। तर उसले बनाइरहेको भाँडा, उसको हातमा बिग्रियो; यसकारण त्यस कुमालेले त्यसबाट आफूलाई मन लागेअनुसार फेरि त्यस्तै अर्को भाँडा बनायो। तब याहवेहको वचन मकहाँ आयो। उहाँले भन्‍नुभयो, “हे इस्राएलको घराना, यस कुमालेले माटोलाई गरेझैँ के म तँलाई गर्न सक्दिनँ र?” याहवेह घोषणा गर्नुहुन्छ। “सुन्, कुमालेको हातमा भएको माटोझैँ तँ इस्राएल पनि मेरो हातमा छस्; मलाई जे गर्न मन लाग्छ, तँसँग त्यस्तै गर्न सक्छु।

यर्मिया 18 पढ्नुहोस्