याहवेहका दूत गिदोनकहाँ देखा परेर भने, “हे वीर योद्धा, याहवेह तँसित हुनुहुन्छ।” गिदोनले जवाफ दिए, “माफ गर्नुहोला मालिक, यदि याहवेह हामीसित हुनुहुन्छ भने हामीमाथि यी सबै किन हुन आए? उहाँका ती सबै अद्भुत कार्यहरू के भए, जो हामीले आफ्ना पितापुर्खाहरूबाट सुनेका छौँ, जसले भन्थे, ‘के याहवेहले हामीलाई इजिप्टबाट निकालेर ल्याउनुभएको होइन र?’ तर अब याहवेहले हामीलाई त्याग्नुभएको छ; मिद्यानीहरूका हातमा सुम्पिदिनुभएको छ।” तब याहवेह तिनीतिर फर्कनुभयो र भन्नुभयो: “तँसित भएको शक्ति प्रयोग गर्, र इस्राएललाई मिद्यानीहरूका हातबाट बचा। तँलाई पठाउने के म नै होइनँ र?” तर गिदोनले सोधे, “तर प्रभु म इस्राएललाई कसरी बचाउन सकूँला? मेरो वंश त मनश्शेमा सबैभन्दा कमजोर छ। अनि मेरो परिवारमा म सबैभन्दा सानो छु।” याहवेहले जवाफ दिनुभयो, “म तँसित हुनेछु, र तैँले सारा मिद्यानीहरूलाई एउटै मानिसलाई झैँ मार्नेछस्।”
न्यायकर्ता 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: न्यायकर्ता 6:12-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू