याकोब 2:10-13
याकोब 2:10-13 NCV
किनकि कसैले व्यवस्थाका सबै कुरा पालन गर्दछ, तर एउटै कुरामा पनि त्यो चुक्छ भने त्यो सम्पूर्ण व्यवस्था उल्लङ्घन गर्नेजस्तै दोषी हुनेछ। किनकि जसले “व्यभिचार नगर्नू” भन्नुभयो, उहाँले “हत्या नगर्नू” पनि भन्नुभयो। यदि तिमीहरू व्यभिचार गर्दैनौ, तर हत्या गर्छौ भने तिमीहरू व्यवस्था उल्लङ्घन गर्नेहरू भयौ। स्वतन्त्रता दिने व्यवस्थाद्वारा तिमीहरू जाँचिनेछौ भनेर त्यही किसिमले बोल र काम गर; किनकि दया नगर्ने हरेकलाई दयाविना नै न्याय गरिनेछ। दया न्यायमाथि विजयी हुन्छ।

