YouVersion लोगो
खोज आइकन

याकोब 1:12-18

याकोब 1:12-18 NCV

त्यो मानिस धन्यको हो, जो आपत्-विपत्‌हरूमा स्थिर रहन्छ; किनकि त्यस जाँचमा त्यो पक्‍का ठहरिएपछि त्यसले जीवनको मुकुट पाउनेछ, जुन परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूका लागि प्रतिज्ञा गर्नुभएको छ। परीक्षामा पर्दा कसैले पनि “परमेश्‍वरले मलाई परीक्षा गर्नुहुँदैछ” भनी नभनोस्; किनकि दुष्‍ट कुराहरूबाट परमेश्‍वर परीक्षित हुन सक्नुहुन्‍न, न त उहाँले कसैलाई परीक्षा गर्नुहुन्छ। तर हरेक व्यक्ति आफ्नै खराब इच्छाहरूद्वारा खिँचिन्छ र मोहित भएर परीक्षामा पर्दछ। त्यसपछि त्यो खराब इच्छाले गर्भधारण गरेर पापलाई जन्माउँछ; अनि पाप पूरा बढेपछि त्यसले मृत्युलाई जन्माउँछ। त्यसैले मेरा प्यारा दाजुभाइ-दिदीबहिनीहरू हो, धोकामा नपर! हरेक असल र सिद्ध दान माथिबाट अर्थात् स्वर्गीय ज्योतिका पिताबाट आउँछ, जो बदली रहने छायाजस्तो बदलिनुहुन्‍न। सृष्‍टि गरिएका सबै थोकहरूमा हामी अगौटे फलजस्तै बनौँ भनेर उहाँले हामीलाई सत्यको वचनद्वारा जन्माउन चुन्‍नुभयो।

याकोब 1 पढ्नुहोस्