जाँचको बेलामा टिक्न सक्ने मानिस नै धन्यको हो। दु:खमा स्थिर रहनेले नै परमेश्वरलाई प्रेम गर्नेहरूका लागि उहाँले प्रतिज्ञा गर्नुभएको जीवनको मुकुट पाउनेछ। यस्तो जाँचमा पर्दा कसैले पनि मलाई परमेश्वरले परीक्षा गर्नुभयो नभनोस्। परमेश्वर दुष्ट कुराको परीक्षामा पर्नुहुन्न र उहाँले अरूलाई पनि परीक्षामा पार्नुहुन्न। प्रत्येक मानिस आफ्नै खराब इच्छाले बरालिएर परीक्षामा पर्छ। यसैकारण आफ्नो खराब इच्छाले पाप जन्माउँछ। त्यही पाप पूरा बढेर मृत्यु ल्याउँछ। प्रिय भाइहरू, तिमीहरूले आफैंलाई धोखा नदेओ। हरेक उत्तम र सिद्ध दान माथिबाट आउँछ। आकाश मण्डलमा ज्योतिहरू सृजना गर्नुहुने परमेश्वरबाट यी दान आउँछन्। उहाँ कहिले फेरिनुहुन्न, उहाँ नता बदलिने छायाजस्तो हुनुहुन्छ। हामी सृष्टिका पहिला फलहरूजस्तै हुन सकौं भनेर उहाँले आफ्नै इच्छाद्वारा सत्य वचनले हामीलाई सिर्जनुभएको छ।
याकूब 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: याकूब 1:12-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू