YouVersion लोगो
खोज आइकन

यशैया 7:1-4

यशैया 7:1-4 NCV

उज्जियाहका नाति, योतामका छोरा आहाज यहूदाको राजा हुँदा अरामका राजा रसीन र इस्राएलका राजा रमल्याहका छोरा पेकह यरूशलेमको विरुद्ध युद्ध गर्न आए, तर तिनीहरूले त्यसलाई जित्न सकेनन्। अब दावीदको घरानालाई यसो भनियो, “अराम एफ्राइमसित मिलेको छ।” यसरी वनका रूखहरू बतासले हल्‍लाएझैँ आहाज र तिनको प्रजाको हृदय काँप्यो। तब याहवेहले यशैयालाई भन्‍नुभयो, “तँ र तेरा छोरा शार्यासूब धोबीहरूको खेतमा जाने बाटोमा माथिल्‍लो पोखरीको कुलोको अन्तिम भागमा आहाजलाई भेट्न निस्केर जा। त्यसलाई भन्, ‘होशियार बस्, शान्त हो, र नडरा। धुवाँ मात्र आइरहेका दाउराका यी दुई ठुटाहरूका कारण रसीन, अराम र रमल्याहका छोराको डरलाग्दो रिसको कारण हताश नहो।

यशैया 7 पढ्नुहोस्