YouVersion लोगो
खोज आइकन

यशैया 7:1-4

यशैया 7:1-4 सरल नेपाली

योतामका छोरा उज्‍जियाहको नाति आहाज यहूदाका राजा छँदा एउटा लडाइँ भयो। अरामका राजा रसीन र इस्राएलका राजा रमल्‍याहका छोरा पेकहले मिलेर यरूशलेममाथि आक्रमण गरे तर तिनीहरूको जित भएन। अरामका सेना इस्राएल देशमा पसिसके भन्‍ने खबर पाएर यहूदाका राजा र सारा प्रजा यति साह्रो डराए कि तिनीहरू बतासले रूखहरू हल्‍लिएझैँ थरथरी भए। परमप्रभुले यशैयालाई भन्‍नुभयो, “तेरो छोरो शार्यासूबलाई लिएर आहाज राजालाई भेट्‍न जा। तैँले बाटोमा धोबीको खेतमा जहाँनिर माथिल्‍लो पोखरीबाट पानी ल्‍याउने कुलो टुङ्गिएको छ, त्‍यहाँ उसलाई भेट्टाउनेछस्। उसलाई होशियार र शान्‍त भई बस्‍नू अनि नडराउनू र विचलित नहुनू भन्। राजा रसीन र त्‍यसका अरामवासीहरूका र राजा पेकहको क्रोध दुई वटा जल्‍न लागेका दाउराबाट उठेका धुवाँ जति पनि खतरनाक छैन।

यशैया 7 पढ्नुहोस्