YouVersion लोगो
खोज आइकन

यशैया 53:1-7

यशैया 53:1-7 NCV

कसले हाम्रो समाचारलाई विश्‍वास गरेको छ? र याहवेहको बाहुबल कसलाई प्रकट गरिएको छ? ऊ उहाँको सामु कलिलो टुसाजस्तो, र सुक्खा जमिनबाट निस्केको जराजस्तो हुर्कियो। ऊसँग हामीलाई आकर्षित गर्न कुनै सुन्दरता वा शोभा थिएन; उसको अनुहारमा हामीलाई मनपर्ने केही कुरा थिएन। मानिसहरूबाट ऊ घृणित र तिरस्कृत गरियो, दुःखित मानिस, जो कष्‍टसित परिचित थियो। ऊ त्योजस्तो थियो, जसलाई देखेर मानिसहरूले आफ्ना अनुहार लुकाउँछन्; ऊ घृणित थियो, र हामीले उसलाई कुनै मूल्यको ठानेनौँ। निश्‍चय नै उसले हाम्रा दुःखहरू आफूमाथि लियो; अनि हाम्रा कष्‍टहरूलाई बोक्यो, तर हामीले उसलाई परमेश्‍वरबाट हिर्काइएको, उहाँद्वारा पिटिएको र यातना दिइएको ठान्यौँ। तर ऊ त हाम्रै अधर्महरूका निम्ति छेडियो। ऊ हाम्रा अपराधहरूका निम्ति कुल्चियो; हामीमा शान्ति ल्याउने ताडना उसमाथि पर्‍यो; अनि उसका चोटहरूले हामी निको भयौँ। हामी सबै भेडाहरूझैँ बरालिएका छौँ; हामी प्रत्येक आ-आफ्नै बाटो लागेका छौँ। याहवेहले उसैमाथि हामी सबैका अपराधहरू राखिदिनुभएको छ। उसलाई सताइयो र उसलाई कष्‍ट दिइयो, तर पनि उसले आफ्नो मुख खोलेन; उसलाई मारिन लगिएको थुमाझैँ लगियो; ऊन कत्रनेहरूको सामु भेडा शान्त रहेझैँ, उसले आफ्नो मुख खोलेन।

यशैया 53 पढ्नुहोस्