हाय अरीएल, अरीएल तँलाई धिक्कार! त्यो सहर, जहाँ दावीदले बसोबास गर्थे। वर्षमाथि वर्ष थप्दै जा। र तेरा चाडहरूको चक्र चलिरहोस्। तापनि म अरीएललाई घेर्नेछु; उसले बिलौना र विलाप गर्नेछ, र ऊ मेरा निम्ति वेदीको चुल्होझैँ हुनेछ। म तेरो विरुद्ध चारैतिर छाउनी हाल्नेछु; म तँलाई धरहराहरूले चारैतिरबाट घेर्नेछु, र तेरो विरुद्धको घेरालाई स्थापित गर्नेछु। तँ होच्याइनेछेस्, र भुइँबाट बोल्नेछेस्; धुलोबाट तेरो बोली अस्पष्ट सुनिनेछ। तेरो सोर प्रेतको जस्तो पृथ्वीबाट आउनेछ; धुलोबाट तेरो कानेखुसी सुनिनेछ। तर तेरा धेरै शत्रुहरू धुलोझैँ हुनेछन्, र निर्दयी दलहरू उडाइएको भुसझैँ हुनेछन्। अचानक एकै क्षणमा, सेनाहरूका याहवेह मेघ गर्जन, भुइँचालो र ठूलो आवाजसित, भुमरी, आँधीबेहरी र भस्म गर्ने आगोको ज्वालासित आउनुहुनेछ। तब अरीएलको विरुद्धमा लडाइँ गर्ने, र त्यसका किल्लामाथि आक्रमण गरेर त्यसलाई घेरा हाल्ने, सबै राष्ट्रहरूका दलहरू सपनाझैँ, र रातको दर्शनझैँ हुनेछन्; जसरी भोकाएको मानिसले सपनामा खाएको देख्छ, तर बिउँझँदा त्यो भोकै हुन्छ; अथवा जसरी तिर्खाएको मानिसले सपनामा पानी पिएको देख्छ, तर त्यो बिउँझँदा आफू तिर्खाएको र दुर्बल रहेको हुन्छ। सियोन पर्वतको विरुद्ध लडाइँ गर्ने सबै राष्ट्रहरूका दलहरू पनि त्यस्तै हुनेछन्। व्याकुल होओ, चकित होओ, आफूलाई अन्धा बनाओ र दृष्टिविहीन होओ; मतवाला होओ, तर मद्यले भने होइन, धरमराओ, तर मताउने पेयले होइन। याहवेहले तिमीहरूमाथि एउटा गहिरो निद्रा ल्याउनुभएको छ: उहाँले अगमवक्ताहरूका आँखा बन्द गरिदिनुभएको छ; उहाँले दर्शीहरूका शिरहरू छोपिदिनुभएको छ।
यशैया 29 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 29:1-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू