वास्तवमा येशूले पाउनुभएको सेवा पुरानो भन्दा उच्च दर्जाको छ; किनकि नयाँ करार अझ उत्तम प्रतिज्ञामा स्थापित भएकोले उहाँले मध्यस्थ गरेको करार पनि त्यो पुरानो करारभन्दा उच्च दर्जाको छ। किनकि यदि त्यो पहिलो करार दोषरहित भएको भए अर्को करारको खाँचो हुनेथिएन। तर प्रभुले मानिसहरूमा दोष भेटेर भन्नुभयो: “त्यो समय आउँदैछ, प्रभु भन्नुहुन्छ, जब म इस्राएलका र यहूदाका मानिसहरूसँग नयाँ करार बाँध्नेछु। यो त्यस करारजस्तो हुनेछैन, जुन मैले तिनीहरूका पुर्खाहरूसँग बाँधें, जब मैले तिनीहरूलाई हात समातेर इजिप्टबाट डोर्याएर ल्याएको थिएँ; किनकि तिनीहरू मेरा करारप्रति विश्वासयोग्य भएनन्, अनि म तिनीहरूदेखि विमुख भएँ, प्रभु घोषणा गर्नुहुन्छ। त्यसपछि म इस्राएलको मानिसहरूसँग यो करार बाँध्नेछु, प्रभु घोषणा गर्नुहुन्छ। म आफ्नो व्यवस्था तिनीहरूका मनमा राखिदिनेछु र ती तिनीहरूका हृदयमा लेखिदिनेछु। म तिनीहरूका परमेश्वर हुनेछु, र तिनीहरू मेरा मानिसहरू हुनेछन्। अनि कुनै मानिसले आफ्नो छिमेकीलाई अथवा कुनै मानिसले आफ्नो भाइलाई ‘प्रभुलाई चिन’ भनी सिकाउनेछैन; किनकि सानादेखि लिएर ठूलासम्म सबैले मलाई चिन्नेछन्। किनकि म तिनीहरूका दुष्टता क्षमा गरिदिनेछु, र तिनीहरूका पाप फेरि स्मरण गर्नेछैनँ।” यस करारलाई “नयाँ” भनीकन उहाँले पहिलोलाई चाहिँ काम नलाग्ने तुल्याउनुभयो, अनि जुन काम नलाग्ने र थोत्रो हुन्छ, त्यो चाँडै हराएर जानेछ।
हिब्रूहरू 8 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हिब्रूहरू 8:6-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू