हिब्रू 8:6-13
हिब्रू 8:6-13 पवित्र बाइबल (NERV)
तर येशूलाई सुम्पिएको काम अरू पूजाहारीहरूको काम भन्दा धेरै ठूलो थियो। उसै गरी, नयाँ करार जुन येशूले परमेश्वरबाट आफ्ना मानिसहरूलाई ल्याउनुभएको छ त्यो पनि पुरानो करारको भन्दा धेरै ठूलो छ। अनि नयाँ करार उत्तम प्रतिज्ञामा आधारित छ। पहिलेको करारमा कुनै गल्ती नभएको भए दोस्रो करारको खाँचो पर्ने थिएन। तर परमेश्वरले मानिसहरूमा केही भूल भेट्टाउनुभयो। उहाँले भन्नुभयो, “समय आउँदैछ, जब म इस्राएलका मानिसहरूलाई, र यहूदाका मानिसहरूलाई एउटा नयाँ करार दिनेछु। यो करार त्यस्तो हुने छैन जस्तो मैले तिनका पुर्खाहरूलाई दिएँ। त्यो करार मैले दिएँ जब मैले तिनीहरूका हात पक्रेँ र मिश्रदेशबाट ल्याएँ। तर मैले दिएको करारको अनुशरण तिनले गरेनन् तब मैले तिनीहरूबाट आफ्नो मुख फर्काएँ, परमेश्वर भन्नुहुन्छ। म यो नयाँ करार इस्राएलका मानिसहरूलाई भविष्यमा दिनेछु, परमेश्वर भन्नुहुन्छ। म आफ्नो करार तिनका मनमा हालिदिनेछु, म आफ्नो करार तिनका हृदयमा लेखिदिनेछु। म तिनका परमेश्वर बन्नेछु, र ती मेरा प्रजाहरू बन्नेछन्। अब उप्रान्त कसैले आफ्ना सह-वासीलाई अथवा आफ्ना भाइ बहिनीले प्रभुलाई चिन्न सिकाउनु पर्दैन, किनकि सबै मानिसले चाहे ठूलाबढा होऊन् चाहे सानातिना होऊन् मलाई चिन्नेछन्। मेरो विरोधमा तिनीहरूले गल्ती कुराहरू गरे म क्षमा दिनेछु, अनि अब उप्रान्त म तिनका पापहरूको याद राख्ने छैन।” यसर्थ परमेश्वरले यसलाई नयाँ करार भन्नुभयो र पहिलोलाई पुरानो ठहर्याउनु भयो। अनि पुरानो र बेकार चाँडै हराएर जानेछ।
हिब्रू 8:6-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूलाई दिइएको पूजाहारीको काम ती अरू प्रधान पूजाहारीको कामभन्दा अझ ठूलो छ। त्यसरी नै परमेश्वर र उहाँका मानिसहरूबीच येशूले बाँध्नुभएको नयाँ करार पनि पहिले गरिएको पुरानो करारभन्दा ठूलो हो कारण यो करारमा अझ राम्रा कुराहरूको प्रतिज्ञा छ। पहिलो करार अपूरो नहुँदो हो त दोस्रो करार बाँध्नु नै पर्नेथिएन। तर परमेश्वरले आफ्ना मानिसहरूमा दोष भेट्टाउनुभयो अनि भन्नुभयो, “ती दिनहरू आउँदै छन्, परमप्रभु भन्नुहुन्छ, जब म इस्राएल र यहूदाका घरानासँग नयाँ करार बाँध्नेछु।” यो करारचाहिँ तिनीहरूका पिता-पुर्खाहरूसँग मैले बाँधेको करारजस्तो हुनेछैन। त्यस बेला त मैले हातमा समातेर तिनीहरूलाई मिश्रदेशबाट निकालेको थिएँ। तर मैले तिनीहरूसँग बाँधेको करार तिनीहरूले पालन गरेनन्। यसकारण मैले पनि तिनीहरूको वास्तै गरिनँ। प्रभु भन्नुहुन्छ कि अब आउने दिनहरूमा इस्राएलीहरूसँग बाँध्ने नयाँ करार कस्तो हुन्छ भने, म मेरा नियमहरू तिनीहरूका मनमा राखिदिनेछु र तिनीहरूका हृदयमै म ती नियमहरू लेखिदिनेछु, म तिनीहरूका परमेश्वर हुनेछु र तिनीहरूचाहिँ मेरा प्रजा हुनेछन्। त्यस बेला कसैले पनि आफ्ना दाजुभाइ र छिमेकीलाई ‘परमप्रभु चिन’ भनेर सिकाउनुपर्नेछैन किनभने सानादेखि लिएर ठूलासम्म सबैले मलाई चिन्नेछन्। तिनीहरूका पाप म क्षमा गरिदिनेछु र तिनीहरूका अपराधहरूको सम्झना म राख्नेछैनँ। नयाँ करार भन्नेबित्तिकै परमेश्वरले पहिले बाँध्नुभएको करारलाई पुरानो ठहर्याउनुभयो। पुरानो भएर खिइँदैगएको कुरा चाँडै नाश पनि भएर जानेछ।
हिब्रू 8:6-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर यसै पनि ख्रीष्टले प्राप्त गर्नुभएको सेवा त्यतिकै बढ़ी श्रेष्ठ छ, जत्तिको उहाँले मध्यस्थता गर्नुभएको करार पुरानोभन्दा उत्तम छ। किनभने यो करारको जग उत्तम प्रतिज्ञाहरूमा बसालिएको छ। किनभने पहिलो करार खोटरहित भएको भए त दोस्रोको आवश्यकता पर्नेथिएन। किनभने ती मानिसहरूको दोष देखाउँदै उहाँ भन्नुहुन्छ, “परमप्रभु भन्नुहुन्छ, ती दिन आउनेछन्, जब इस्राएलको घरानासँग र यहूदाको घरानासँग म एउटा नयाँ करार स्थापना गर्नेछु। तिनीहरूका पुर्खाहरूसँग मैले बाँधेको करारजस्तै यो हुनेछैन, जब मैले तिनीहरूलाई हातमा समातेर मिश्रदेशबाट डोर्याएर ल्याएको थिएँ। परमप्रभु भन्नुहुन्छ, तिनीहरू मेरो करारमा स्थिर भई बसेनन्, यसैले मैले तिनीहरूको वास्ता गरिनँ। परमप्रभु भन्नुहुन्छ, ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्नेछु, तिनीहरूका मनमा मेरो व्यवस्था राखिदिनेछु, र तिनीहरूका हृदयमा त्यो लेखिदिनेछु, र म तिनीहरूका परमेश्वर हुनेछु, अनि तिनीहरू मेरा प्रजा हुनेछन्। ‘परमप्रभुलाई चिन’ भनेर अब उसो कुनै मानिसले आफ्नो छिमेकीलाई वा आफ्ना दाजुभाइलाई सिकाउनेछैन। किनकि सानादेखि लिएर ठूलासम्म तिनीहरू सबैले मलाई चिन्नेछन्। किनकि तिनीहरूका अपराधहरू म क्षमा गर्नेछु, र तिनीहरूका पाप फेरि कहिल्यै सम्झनेछैनँ।” यस करारलाई “नयाँ” भन्नुभएकोले नै पहिलालाई उहाँले पुरानो तुल्याउनुभयो। र जुनचाहिँ पुरानो भएर थोत्रो हुँदैजान्छ, त्यो लोप भएर जानेछ।
हिब्रू 8:6-13 नेपाली समकालीन संस्करण (NCV)
वास्तवमा येशूले पाउनुभएको सेवा पुरानो भन्दा उच्च दर्जाको छ; किनकि नयाँ करार अझ उत्तम प्रतिज्ञामा स्थापित भएकोले उहाँले मध्यस्थ गरेको करार पनि त्यो पुरानो करारभन्दा उच्च दर्जाको छ। किनकि यदि त्यो पहिलो करार दोषरहित भएको भए अर्को करारको खाँचो हुनेथिएन। तर प्रभुले मानिसहरूमा दोष भेटेर भन्नुभयो: “त्यो समय आउँदैछ, प्रभु भन्नुहुन्छ, जब म इस्राएलका र यहूदाका मानिसहरूसँग नयाँ करार बाँध्नेछु। यो त्यस करारजस्तो हुनेछैन, जुन मैले तिनीहरूका पुर्खाहरूसँग बाँधें, जब मैले तिनीहरूलाई हात समातेर इजिप्टबाट डोर्याएर ल्याएको थिएँ; किनकि तिनीहरू मेरा करारप्रति विश्वासयोग्य भएनन्, अनि म तिनीहरूदेखि विमुख भएँ, प्रभु घोषणा गर्नुहुन्छ। त्यसपछि म इस्राएलको मानिसहरूसँग यो करार बाँध्नेछु, प्रभु घोषणा गर्नुहुन्छ। म आफ्नो व्यवस्था तिनीहरूका मनमा राखिदिनेछु र ती तिनीहरूका हृदयमा लेखिदिनेछु। म तिनीहरूका परमेश्वर हुनेछु, र तिनीहरू मेरा मानिसहरू हुनेछन्। अनि कुनै मानिसले आफ्नो छिमेकीलाई अथवा कुनै मानिसले आफ्नो भाइलाई ‘प्रभुलाई चिन’ भनी सिकाउनेछैन; किनकि सानादेखि लिएर ठूलासम्म सबैले मलाई चिन्नेछन्। किनकि म तिनीहरूका दुष्टता क्षमा गरिदिनेछु, र तिनीहरूका पाप फेरि स्मरण गर्नेछैनँ।” यस करारलाई “नयाँ” भनीकन उहाँले पहिलोलाई चाहिँ काम नलाग्ने तुल्याउनुभयो, अनि जुन काम नलाग्ने र थोत्रो हुन्छ, त्यो चाँडै हराएर जानेछ।