येशूलाई दिइएको पूजाहारीको काम ती अरू प्रधान पूजाहारीको कामभन्दा अझ ठूलो छ। त्यसरी नै परमेश्वर र उहाँका मानिसहरूबीच येशूले बाँध्नुभएको नयाँ करार पनि पहिले गरिएको पुरानो करारभन्दा ठूलो हो कारण यो करारमा अझ राम्रा कुराहरूको प्रतिज्ञा छ। पहिलो करार अपूरो नहुँदो हो त दोस्रो करार बाँध्नु नै पर्नेथिएन। तर परमेश्वरले आफ्ना मानिसहरूमा दोष भेट्टाउनुभयो अनि भन्नुभयो, “ती दिनहरू आउँदै छन्, परमप्रभु भन्नुहुन्छ, जब म इस्राएल र यहूदाका घरानासँग नयाँ करार बाँध्नेछु।” यो करारचाहिँ तिनीहरूका पिता-पुर्खाहरूसँग मैले बाँधेको करारजस्तो हुनेछैन। त्यस बेला त मैले हातमा समातेर तिनीहरूलाई मिश्रदेशबाट निकालेको थिएँ। तर मैले तिनीहरूसँग बाँधेको करार तिनीहरूले पालन गरेनन्। यसकारण मैले पनि तिनीहरूको वास्तै गरिनँ। प्रभु भन्नुहुन्छ कि अब आउने दिनहरूमा इस्राएलीहरूसँग बाँध्ने नयाँ करार कस्तो हुन्छ भने, म मेरा नियमहरू तिनीहरूका मनमा राखिदिनेछु र तिनीहरूका हृदयमै म ती नियमहरू लेखिदिनेछु, म तिनीहरूका परमेश्वर हुनेछु र तिनीहरूचाहिँ मेरा प्रजा हुनेछन्। त्यस बेला कसैले पनि आफ्ना दाजुभाइ र छिमेकीलाई ‘परमप्रभु चिन’ भनेर सिकाउनुपर्नेछैन किनभने सानादेखि लिएर ठूलासम्म सबैले मलाई चिन्नेछन्। तिनीहरूका पाप म क्षमा गरिदिनेछु र तिनीहरूका अपराधहरूको सम्झना म राख्नेछैनँ। नयाँ करार भन्नेबित्तिकै परमेश्वरले पहिले बाँध्नुभएको करारलाई पुरानो ठहर्याउनुभयो। पुरानो भएर खिइँदैगएको कुरा चाँडै नाश पनि भएर जानेछ।
हिब्रू 8 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हिब्रू 8:6-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू