यसकारण जसरी पवित्र आत्मा भन्नुहुन्छ: “आज तिमीहरूले उहाँको स्वर सुन्यौं भने, तिमीहरूले उजाडस्थानमा परीक्षाको समयमा, बागी भएझैं आफ्ना हृदयलाई कठोर नपार, जहाँ मैले चालीस वर्षसम्म के गरें, सो देखेर पनि। तिमीहरूका पुर्खाहरूले मलाई जाँच र परीक्षा गरेका थिए, त्यसैकारण म त्यस पुस्तासँग रिसाएको थिएँ, अनि मैले भनें, ‘तिनीहरूका हृदय सधैं बरालिन्छन्, अनि तिनीहरूले मेरा मार्गहरू जानेका छैनन्।’ यसकारण मैले आफ्नो क्रोधमा शपथ खाएर घोषणा गरें, ‘तिनीहरू कहिल्यै पनि मेरो विश्राममा पस्नेछैनन्।’ ” यसकारण हे दाजुभाइ-दिदीबहिनीहरूहो, यसमा विचार गर कि, तिमीहरूसँग जीवित परमेश्वरदेखि टाढा रहने पापपूर्ण र अविश्वासी हृदय नहोस्। तर “आजको दिन” रहँदा नै एक-अर्कालाई दिनहुँ ढाडस देओ, ताकि तिमीहरूमध्ये कोही पनि पापको छलद्वारा कठोर नबनोस्। हामीसँग भएको आत्मविश्वासलाई दृढतापूर्वक अन्त्यसम्मै पक्रिराख्यौं भने, हामी ख्रीष्टका सहभागी भएका छौं।
हिब्रूहरू 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हिब्रूहरू 3:7-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू