परमेश्वर, जो बोल्नुहुन्छ, उहाँलाई इन्कार गर्नुहुँदैन भन्ने कुरामा ध्यान देओ। संसारमा चेतावनी दिनेलाई इन्कार गर्दा तिनीहरू उम्केनन् भने, स्वर्गबाट चेतावनी दिनुहुनेलाई इन्कार गर्दा हामी कसरी उम्कन सक्छौं? त्यस बेला त उहाँको सोरले पृथ्वी हल्लाएको थियो, तर अब त उहाँले यसो भनी प्रतिज्ञा गर्नुभएको छ, “फेरि एकपल्ट म पृथ्वी मात्र होइन, तर स्वर्गलाई पनि हल्लाउनेछु।” त्यो “फेरि एकपल्ट” भन्ने शब्दहरूले यो देखाउँछ कि, हल्लाउन सकिने कुराहरू, अर्थात् सृजिएका कुराहरू हटाइनेछन्; ताकि हल्लाउन नसकिने कुराहरूचाहिँ रहिरहून्। यसैकारण हामीले एउटा नहल्लिने राज्य पाउने हुनाले हामी धन्यवादी भई परमेश्वरलाई भक्ति र भयको साथ स्वीकार्य आराधना चढाऔं, किनकि हाम्रो “परमेश्वर भस्म गर्ने आगो हुनुहुन्छ।”
हिब्रूहरू 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हिब्रूहरू 12:25-29
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू